केन्याको डान्सबारमा बिक्री भएका नेपाली युवती: राहदानी च्यातेर यौन व्यवसायमा « Nagarik Khabar

केन्याको डान्सबारमा बिक्री भएका नेपाली युवती: राहदानी च्यातेर यौन व्यवसायमा



एजेन्सी । मानव तस्करले केन्याको यौन बजारमा नेपाली चेलीलाई बिक्रि गरेको रहस्य खुलेको छ । केन्याको डान्सबारबाट त्यहाँको प्रहरीले नियन्त्रणमा लिएका ६ नेपाली युवतीले आफूहरुलाई मानव तस्करको समूहले केन्या पुर्याएको बताएका छन् ।

केन्याबाट निस्किने पत्रिका डेली नेशनका अनुसार उनीहरु केही महिनादेखि डान्सबारमा काम गरिरहेका छन् । डान्सबारमा काम गर्दा पक्राउ पर्ने नेपाली युवती घर फर्किने पर्खाइमा छन् । नेपाली युवतीहरु यौन व्यवसायमा समेत लागेका छन् ।

नेपालमा डान्सबारमा नाच्दा नाच्दै भेट भएका विशाल भन्ने एक मानव तस्करसंगको भेटपछि आफू केन्यामा गतिलो कमाई हुने आशामा आएको एक युवतीले बताएकी छन् । उनले विशाल नामका तस्करले अन्य तस्करसंग भेटाउँदै केन्या ल्याएको बताएकी छन् ।

पत्रिकाका अनुसार उनी केन्याको न्यालीमा रहेको न्यू रंगीला बारमा नर्तकीको रुपमा काम गर्न थालिन । आसिफले राहदानी च्यातेर फेरि यौन व्यवसायमा समेत लगाएका केन्याका सञ्चार माध्यमले जनाएका छन् ।

युवती मात्र नभएर बालिकाहरुको समेत तस्करी भएको पत्रिकाले उल्लेख गरेको छ । त्यहाँको प्रहरीले मोम्बासा टाइकुन नामका तस्करलाई गिरफ्तार गरेको छ ।

पत्रिकाले सार्वजनिक गरेको समाचार

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: