पोर्चुगलमा पत्रकार महासंघको उपशाखा गठन « Nagarik Khabar

पोर्चुगलमा पत्रकार महासंघको उपशाखा गठन



काठमाडौं । नेपाल पत्रकार महासंघ पोर्चुगल उपशाखाको तदर्थ समिति गठन भएको छ । पत्रकारहरुको भेलाबाट समितिको संयोजकमा योगेन्द्रमिलन छन्त्याल चयन भएका छन् ।

समितिको सहसंयोजकमा राजकुमार थापा, प्रवक्ता पेम्बागेलु शेर्पा तथा सदस्यमा भगवान गिरी, यामबहादुर गुरुङ, वासु सत्याल र निरञ्जन सापकोटा छन् । सल्लाहकारमा राजकुमार दिक्पाल र नारायण अर्याल छन् ।

भेलामा महासंघका अध्यक्ष गोविन्द आचार्यले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने वा सच्याइनुपर्ने धारणा व्यक्त गरे । उनले महासंघ सो मुद्दामा पछाडि नहट्ने बताए । ट्युनिसियामा भएको अन्तर्राष्ट्रिय पत्रकार महासंघको विश्व सम्मेलनमा भाग लिएर नेपाल पत्रकार महासंघ युरोप शाखाको आमन्त्रणमा युरोप आएका आचार्यले युरोपमा रहेका पत्रकारहरुसँग भेट गरेका थिए ।

महासंघका युरोप शाखाका अध्यक्ष केजिन राइले युरोपमा नेपाली पत्रकारिताको इतिहास र नेपाली पत्रकारको अवस्थाका बारेमा प्रकाश पारेका थिए । उनले युरोपभरि महासंघका उपशाखा गठन गरिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: