काठमाडौं । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बागमती करिडोरको जग्गाको मुआब्जा दिन भू माफियाहरुले आर्थिक प्रलोभन दिएको खुलासा गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री राईले बागमतीको जग्गाको मुआब्जा दिन भू माफियाहरु दुई पटक मन्त्रालयमै आएर आर्थिक प्रलोभन देखाएको खुलासा गरे ।
उनले आर्थिक प्रलोभन दिने व्यक्ति भन्ने खुलाएनन् । मन्त्री राईले भू माफियाहरुसहित निर्वाचित जनप्रतिनिधिहरुले समेत निर्णय सदर गरिदिनु भन्दै आएको दाबी गरे ।