‘गतिहीनताको कारण मन्त्रीमा होइन, सिंगो सरकारमा खोज्नुपर्छ’ (भिडियोसहित) « Nagarik Khabar

‘गतिहीनताको कारण मन्त्रीमा होइन, सिंगो सरकारमा खोज्नुपर्छ’ (भिडियोसहित)



काठमाडौं । पूँजीवादले आफूभित्रको अन्तरविरोधलाई हल गर्‍यो । कम्युनिष्ट आन्दोलनले आफूभित्रको अन्तरविारेध म्यानेज गर्न सकेन । अहिले पार्टीभित्र कार्यदिशाको बहस भएको छ । ‘जनताको बहदलीय जनवाद (जबज)’ र २१औं शताब्दीको जनवादले अब निकास दिँदैन ।

 

पार्टीलाई जबजमा लैजानु भनेको कम्युनिष्ट आन्दोलनलाई विघटनतर्फ लैजानु हो । त्यसैले यसबाट जोगिनका लागि नेतृत्व सच्चिनु पर्छ । पहिल्यै सहमति भएको नयाँ कार्यदिशामै जानु आवश्यक हुन्छ । पछाडि फर्किएर अब राम्रो काम गर्न सकिँदैन ।

अहिले पार्टी नेतृत्वले निकास दिन सकिरहेको छैन । सरकारका कामले जनता निराश छन् । पार्टीका सबै संरचनाले पूर्णता पाउन सकेका छैन । जिम्मेवारीबिहीन भएर नेता कार्यकर्ता निराश छन् । पाइलटले कम्पासबिना जहाज चलाएको जस्तै वैचारिक भिजनबिहीन तरिकाले अहिलेको नेतृत्वले पार्टी चलाउन खोजेको छ । यो गलत हो । यसले दुर्घटना निम्ताउँछ ।

दुनियाले थाहा पाएका सहमतिमा पार्टी नेतृत्व सजग हुनुपर्छ । नेतृत्वले इमान्दारितासहित काम गर्नु पर्छ । आफ्नो एजेण्डालाई नछाड्ने व्यक्ति लिडर त हुन्छ । तर ऊ सफल लिडर हुन सक्दैन । सफल लिडरले त अरुका विषयलाई समेत एजेण्डा बनाउँछ । सबैभन्दा ठूलो समयको एजेण्डा पक्रिन सक्नुपर्छ । हामीलाई सफल लिडर चाहिएको हो, अडान राख्ने लिडर होइन ।

सरकारको कामले गति लिएको छैन । पार्टीको कामले गति लिएको छैन । जनताको चाहनाअनुसार काम हुन सकेको छैन । कामको गति नआउनुको कारण सिंगो सरकारमा खोज्नु पर्छ । मन्त्रीमा खोज्नु गलत हुन्छ । जादुगरहरुले इतिहास बनाउन सक्दैनन् ।

हाम्रा नेताहरु बहुराष्ट्रिय कम्पनीका एजेण्डा कार्यान्वयन गर्ने मात्र बन्ने वा नयाँ स्वाधीन व्यवस्थामा जाने भन्ने कुरामा गम्भीर बनेका छैनन् । हामीले गल्ती गर्‍यौं भने विघटनको दिशामा जान्छौं । त्यसैले नेतृत्वले बेलैमा सोच्नु आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: