रुपगाड पुल बाढीले बगायो, आवतजावत अवरुद्ध « Nagarik Khabar

रुपगाड पुल बाढीले बगायो, आवतजावत अवरुद्ध



डोल्पा । भारी वर्षाका कारण डोल्पाको ठूलिभेरी नगरपालिकाको रुपगाड खोलामा आएको बाढीले पुल बगाएको छ । पुल बगाएपछि जाजरकोट–डोल्पा सडकखण्डभित्र आवतजावत अवरुद्ध भएको छ ।

जुफाल विमानस्थलबाट दुनै आवतजावतका साथै तल्लो डोल्पाबाट दुनै आउने बाटो अवरुद्ध भएको बताइएको छ । एक महीनाअघि मात्र निर्माण गरिएको पुल बाढीले बगाएपछि रुपगाडको दुई किनारामा यातायातका साधनहरु अलपत्र परेका छन् ।

बाढीले पुल बगाउँदा आवतजावतमा समस्या भएको स्थानीय वीर्खबहादुर रोकायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: