सुदूरपश्चिम प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित « Nagarik Khabar

सुदूरपश्चिम प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित



धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आइतबरा बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सभामुखको निर्देशनमा अर्को बैठक यही असार ११ गते बिहान ८ बजे बस्ने गरी आइतबारको बैठक स्थगित गरिएको जानकारी दिए ।

बैठक स्थगनसँगै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि यही असार १ गते प्रस्तुत गरेको बजेटमाथि छलफल अघि बढ्न सकेको छैन । विधि, पद्धति मिचेर अपारदर्शी ढङ्गले ‘ब्ल्याङ्क बजेट’ ल्याएको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सदस्यको अवरोधपछि प्रदेशसभाको यही असार ५ गतेको बैठक कार्यसूचीमा प्रवेश गर्न नपाई स्थगन गरिएको थियो ।

सभामुख अर्जुनबहादुर थापाले बैठक बस्ने वातावरण नमिलेकाले आइतबारका लागि बोलाइएको बैठक स्थगन गरिएको बताए । ‘बैठक बस्ने वातावरण मिलेको छैन, उहाँहरुबीच छलफल चलाउने पहल भइरहेको छ,’ उनले भने । बजेटको असन्तुष्टिका बुँदाका विषयमा प्रतिपक्षीसँग छलफल गरेर समाधानको उपाय नखोजिएसम्म विरोध नरोकिने कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: