डोटी जिल्ला क्रिकेट संघमा दिनेश « Nagarik Khabar

डोटी जिल्ला क्रिकेट संघमा दिनेश



काठमाडौं । डोटी जिल्ला क्रिकेट संघको अध्यक्षमा दिनेश सिंह निर्वाचित भएका छन् । आइतबार भएको विशेष साधारण सभाले सिंहको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो ।

जिल्ला संघको उपाध्यक्षमा राजु घले निर्वाचित भएका छन् भने पूर्ण साहू सचिव र शर्मिला रायमाझी कोषाध्यक्ष चयन भएका छन् । यस्तै दिल अयर, योगेश जोशी, रमेश चन्द, ज्ञानेन्द्र केसी, पुष्कर द्धवारीया, सुरज श्रेष्ठ, श्याम नेपाली र रबिन्द्र सिंह सदस्यमा चयन भएका छन् ।

साधारण सभाबाट अध्यक्ष सिंहसहित राजु घले, पूर्ण साहू र पुष्कर द्धवारीया प्रदेश प्रतिनिधिका रुपमा चयन भएका छन् । अध्यक्ष सिंह केन्द्रिय प्रतिनिधिको रुपमा समेत चयन भएका छन् ।

हाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनमा रहेको क्यानलाई निलम्बन मुक्त बनाउने प्रकृया स्वरुप जिल्ला निर्वाचन गरिएको हो । यो साधारण सभामा २२ जना प्रतिनिधिले सहभागीता जनाएका अध्यक्ष सिंहले जानकारी दिए ।

 

उयदपुरमा ११ जनाबाट १० जनाको कार्यसमिति चयन

यस्तै उदयपुर जिल्ला क्रिकेट संघमा पनि नयाँ कार्यसमिति चयन गरिएको छ । जिल्लामा सदस्यता सदर भएका ११ प्रतिनिधिबाट १० जनाको कार्यसमिति चयन गरिएको हो ।

साधारण सभाले जिल्ला कार्यसमितिको अध्यक्षमा शम्भू प्रशाद शर्मालाई चयन गरेको छ । यस्तै उपाध्यक्षमा सुनिल कार्की चुनिएका छन् भने ललितकुमार नायक सचिव र अनुप ढुंगाना कोषाध्यक्ष चयन भए ।

यस्तै अनुपमअनुराग गुप्ता, चन्दनकुमार शाह, राजकुमार रोक्का, अभिमन्यू लामिछाने, बिमल कार्की र सन्देश कार्की सदस्य चुनिएका छन् । सुनिल कार्की, अनुप ढुंगाना, राजकुमार रोक्का र बिमल कार्की प्रदेश प्रतिनिधि र अध्यक्ष शम्भू प्रशाद शर्मा केन्द्रिय प्रतिनिधि चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: