मिर्गाैला पीडितको उपचारमा प्रवासी नेपालीको सहयोग « Nagarik Khabar

मिर्गाैला पीडितको उपचारमा प्रवासी नेपालीको सहयोग



पाल्पा । रामपुर नगरपालिका–८ बस्ने मिर्गाैला पीडित भीमबहादुर कुमालको उपचारमा प्रवासी नेपालीबाट आर्थिक सहयोग जुटेको छ । रामपुर जापान सम्पर्क मञ्चले ३१ वर्षीय कुमालको उपचारका लागि ८८ हजार ८८८ रकम सहयोग गरेको हो ।

यसैगरी कुमालको उपचारमा सहयोगस्वरुप रामपुर नगरपालिकाले १२ हजार २२३, रामपुर ८ का समाजसेवी नरनारायण अर्याल र रामपुर ५ का निराजन रेग्मीले पनि नगद पाँच÷पाँच हजार सहयोग प्रदान गरेका छन् । वडा नं ८ का जनप्रतिनिधि तथा कर्मचारीबाट १५ हजार नगद सहयोग गर्ने घोषणा गरिएको छ ।

कुमाललाई सो रकम नगर प्रमुख रमणबहादुर थापाले हस्तान्तरण गर्दै सामान्य रोगको पनि ख्याल नगर्दा ठूलो रोगले आक्रमण गरेर सताउने हँुदा समय समयमा स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गराएर निरोगी रहन सकिने बताए ।

रामपुर जापान सम्पर्क मञ्चले संकलन गरेको सो रकम प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालमार्फत पीडितलाई सहयोग गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: