राष्ट्रपतिको निर्वाचनमा कति खर्च गर्दैछन् ट्रम्प ? « Nagarik Khabar

राष्ट्रपतिको निर्वाचनमा कति खर्च गर्दैछन् ट्रम्प ?



एजेन्सी । अमेरिकामा राष्ट्रपतीय निर्वाचन जति जति नजिकिँदो छ त्यसको चर्चा उति नै बढीरेहेको छ । महाशक्ति राष्ट्रको कार्यकारी प्रमुखको निर्वाचनलाई लिएर विश्व समुदायमै उत्सुकता बढेको छ ।

राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा ट्रम्पले पनि आफूलाई पुनर्निर्वाचित बनाउने अभियान अघि बढाएका छन् । त्यसका लागि उनले आफ्ना स्टाफहरुलाई निर्देशन दिइसकेका छन् । राष्ट्रपति ट्रम्पले आफूले जब ट्वीटरमा नयाँ कुरा घोषणा गर्ने या र्यालीमा आक्रामक बन्छन्, त्यसलाई अघि बढाउनका लागि स्टाफलाई निर्देशन दिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विश्लेषकहरु सन् २०१६ मा भन्दा यसपटक ट्रम्पको अभियान योजनाबद्ध हुने विश्लेषण गर्छन् । त्यसका लागि ट्रम्पको सम्पूर्ण अभियानमा ११ हजार करोड आसपासमा खर्च हुन सक्ने अनुमान गरिएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएको एक वर्षपछि नै ट्रम्पले चुनाव अभियानका म्यानेजर नियुक्त गरेका थिए । त्यसयता १० करोड डलर खर्च भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: