लोकसेवा विरुद्ध आदिवासी जनजातिको बुधबार प्रदर्शन « Nagarik Khabar

लोकसेवा विरुद्ध आदिवासी जनजातिको बुधबार प्रदर्शन



काठमाडौं । लोकसेवा आयोगले संविधानले व्यवस्था गरेको समावेसी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न खोजेको भन्दै नेपाल आदिवासी जनजाति महासंघले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ ।

आरक्षण बचाऔं आन्दोलनको तर्फबाट समेत लोकसेवा आयोगको व्यापक विरोध भइरहेका बेला जनजाति महासंघले थप कार्यक्रम घोषणा गर्दै विरोध प्रदर्शन गर्न लागेको हो । महासंघको आव्हानमा हिजो पनि दुई घण्टा विरोध प्रदर्शन भएको थियो ।

महासंघले हिजोदेखि तीन दिनसम्म विरोधको कार्यक्रम तय गरेको थियो । तर थप तयारी गर्ने भन्दै महासंघले विरोध प्रदर्शनको समय सारेको हो । महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालका अनुसार, आन्तरिक तयारी गर्दै बुधकार दिनको ३ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शनको कार्यक्रम राखिएको छ ।

लोकसेवा आयोगले निजामती कर्मचारी भर्नाका लागि गरेको दरखास्त आव्हान संविधान विपरित रहेको भन्दै जनजाति महासंघले खारेजीको माग गर्दै आएको छ । संसदको राज्य व्यवस्था समितिले पनि असमावेसी भएको भन्दै समावेसी सिद्धान्तका आधारमा विज्ञापन आव्हान गर्न भनेको छ । अहिले सो मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: