सर्वेक्षण : नेपाली कति खुशी होलान ? « Nagarik Khabar

सर्वेक्षण : नेपाली कति खुशी होलान ?



काठमाडौँ । आगामी साउनदेखि नेपाली कति खुशी छन् ? भनेर सर्वेक्षण हुने भएको छ । सरकारले नेपाली जनताको खुसी मापन गर्ने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०७६/७७ मा तथ्यांक विभागले एक वर्ष लगाएर जनता कति खुसी छन् भनेर सर्वेक्षण गर्न लागिएको हो ।

सरकारको मुख्य नारा ‘सुखी नेपाली, समृद्ध नेपाल’ लाई आधार बनाएर विभागले सर्वेक्षण गर्न लागेको जनाएको छ । छिमेकी मुलुक भुटानले वैज्ञानिक मापदण्ड तय गरी जनताको खुसी मापन गर्दै आएको छ ।

राष्ट्रसंघीय दिगो विकास समाधान संयन्त्रले ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट’ सार्वजनिक गरेको थियो । सो रिपोर्टअनुसार खुशी हुनेमा फिनल्यान्ड पहिलो र नेपाल १००औं नम्बरमा परेको थियो ।

नेपालमा सर्वेक्षण गर्दा जीवनस्तर, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक जीवन, सकारात्मक मनोभावना, सुशासन, सांस्कृतिक प्रवर्द्धनलगायत मापदण्ड तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: