विप्लवका जिल्ला इन्चार्ज पौडेल मुठभेडमै मारिएका हुन्: गृहमन्त्री « Nagarik Khabar

विप्लवका जिल्ला इन्चार्ज पौडेल मुठभेडमै मारिएका हुन्: गृहमन्त्री



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमै मारिएको बताएका छन् । संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री थापाले प्रहरीको जवाफी कारबाहीमा पौडेल मारिएको दावी गरेका छन् ।

राज्य व्यवस्था समिति बैठकमा सदस्यहरुले प्रहरीले मुठभेडका नाममा नागरिकको हत्या हुनु राम्रो नभएको र छानविन गरेर दोषीलाई कारबाहीको माग गरेपछि समितिले गृहमन्त्रीलाई बोलाएको थियो ।

जवाफ दिनेक्रममा मन्त्री थापाले प्रहरीको बचाउ गर्दै पौडेलले जनप्रतिनिधि, वयापारी र सर्वसाधारणलाई ज्यान मार्ने धम्की दिएको समेत दावी गरे । प्रहरीमाथि एक्कासी आक्रमण गरेपछि प्रहरीले पनि जवाफी कारबाही गर्दा पौडेलको मृत्यु भएको गृहमन्त्रीको भनाई छ ।

पौडेलको असार ५ गते सर्लाहीको लालबन्दी -१ लखनदेहीमा प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: