संसदमा जब गृहमन्त्रीलाई छायाँ गृहमन्त्रीले प्रश्न गरे « Nagarik Khabar

संसदमा जब गृहमन्त्रीलाई छायाँ गृहमन्त्रीले प्रश्न गरे



काठमाडौं । सरकारका काम कारबाहीको सूक्ष्म निगरानी गर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्रालय नै छुट्याएर छायाँ सरकार बनायो । कांग्रेसको उक्त छायाँ सरकारको गृहमन्त्रालयको जिम्मेवारी पाएका छन्, दिलेन्द्रप्रसाद बडूले ।

सोमबारको संसद बैठकमा तिनै छायाँ गृहमन्त्री बडूले सर्लाहीमा भएको घटनाका सम्बन्धमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ जवाफ मागे । सर्लाहीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएका थिए ।

प्रहरीले पौडेल प्रहरीसँगको दोहोरो भिडन्तका क्रममा मारिएका बताउँदै आएको छ । तर, परिवार तथा कतिपय नेताहरुले उक्त ‘दोहोरो भिडन्त’मा प्रश्न उठाउँदै आएका छन् ।

सोमबारको संसद बैठकमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट बोल्दै छायाँ गृहमन्त्री बडूले सो सम्बन्धमा सरकारको जबाफ माग गरे ।

‘माननीय गृहमन्त्रीले केही समय पहिले संसद्मा सार्वजनिक महत्वको वक्तव्य दिँदै विप्लव समूहसहित हेडक्वार्टर सहित ४ वटा कम्पनी रहेको बताउनुभएको थियो । आन्दोलनरत पक्षसित कुन रूपमा समाधानको बाटो खोज्दैछ ?’ बडूले भने, ‘विप्लव समूहलाई वार्ता र संवाद मार्फत मूल प्रवाहमा ल्याउनमा ढिलाइ भइरहेको छ । सर्लाही इञ्चार्ज कुमार पौडेललाई लालबन्दी जंगलमा नियन्त्रणमा लिएपछि मारिएको भन्ने आएको छ । छानबिन गरेर यथार्थ संसदमा जानकारी गराओस् ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: