ज्येष्ठ नागरिकसम्बन्धी विधेयक सशक्त बनाइन्छ : मन्त्री थापा « Nagarik Khabar

ज्येष्ठ नागरिकसम्बन्धी विधेयक सशक्त बनाइन्छ : मन्त्री थापा



काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थम माया थापाले ज्येष्ठ नागरिकसम्बन्धी संशोधन गर्न बनेको विधेयकलाई सशक्त बनाईने बताउनुभएको छ ।

संघीय संसद प्रतिनिधिसभा महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा मन्त्री थापाले संसदीय समितिले दिएका उपयुक्त सुझावहरु समावेश गरि विधेयकलाई सम्मृद्ध बनाउने बताइन् । ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्दै उनीहरुको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरि ज्येष्ठ नागरिकलाई सम्मानपुर्वक जीउने वातावरण श्रृजना गर्नु राज्यको दायित्व भएकाले विधेयकलाई समय सापेक्ष संसोधन गर्न मन्त्रालय तयार हरेको उनको भनाइ थियो ।

विधेयकमाथि संशोधन दर्ता गराएका सांसदहरुले वृद्धवृद्धाले जीवनको उत्तराद्र्धको समय सम्मानित भएर विताउनका लागि सम्पत्ति आफुसुखी प्रयोग गर्न पाउने र छोराछोरीलाई अनिवार्य दायित्व वहन गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । संशोधनकर्ताहरु प्रमिला राई र मिना सुब्बाले वृद्धवृद्धालाई बैकले पनि ऋण उपलब्ध नगराउने भएकाले वृद्धवृद्धाको उमेरको हद नराख्न सुझाव दिए । उमेरहदका कारण चल अचल सम्पत्ति चलाउन पनि समस्या पर्ने भन्दै उमेरको सिमा हटाउनुपर्नेमा उनीहरुले जोड दिए ।

समिति सदस्यहरु लक्ष्मी परियार र बिमला विश्वकर्मले वृद्धवृद्धाहरुले जीवनको उत्तरराद्र्धको समय अत्यन्तै अमानित भएर विताउनु परिरहेको अवस्थामा वृद्धवृद्धालाई हेर्नका लागि विशेष व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए । समिति सदस्य परियारले हकाधिकारभित्रका छोरा छोरीले नहेर अरु कसैले हेर्न सक्ने र मृत्यु पछि सम्पत्ति हकवालाले नभई हेरचाह गर्ने ले नै पाउने व्यवस्था ऐनमा नै गरिनुपर्ने धारणा राखे ।

त्यसैगरी समिति सदस्य बिमला विश्वकर्माले छोरा छोरीले आफ्नो कमाईको १० प्रतिशत बाबुआमाको बैक खातामा राख्नुपर्ने व्यवस्थाले नयाँ पुस्तालाई वृद्धवृद्धालाई हेर्नुपर्छ भन्ने संस्कार पनि सिकाउने बताइन् ।

त्यसैगरी अर्का संशोधनकर्ता दिव्यमणि राजभण्डारीले वृद्धवृद्धाले आफ्नो सम्पत्ति उनीहरुकै चाहाना अनुसार प्रयोग गर्न पाउने व्यवस्था गरिनुपर्ने बताए ।

समितिले ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ को संशोधन गर्न बनेको विधेयक २०७५ बारे संसोधनकर्ता र विभागिय मन्त्रीसँग छलफल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: