एसईई फुटसल : पुरुषतर्फ दी इन्साइट भिजन र महिलातर्फ अरोरा फाउन्डेसनलाई उपाधि « Nagarik Khabar

एसईई फुटसल : पुरुषतर्फ दी इन्साइट भिजन र महिलातर्फ अरोरा फाउन्डेसनलाई उपाधि



काठमाडौं । इन्साइट भिजन कलेजद्वारा आयोजना गरिएको प्रथम एसईई फुटसल टुर्नामेन्ट २०७६ आइतबार सम्पन्न भएको छ ।

उपत्यकामा रहेका झन्डै ५८ बढि स्कुलका एसईई दिएर बसेका विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगितामा पुरुषतर्फ ४५ र महिलातर्फ १२ ओटा समूहबीच प्रतिस्पर्धा भएको थियो ।

पुरुषतर्फ दी इन्साइट भिजन कलेज प्रथम र एफ सी स्कुल दोस्रो भएका थिए भने महिलातर्फ अरोरा फाउन्डेसन प्रथम र नेपालय स्कुल दोस्रो भएका थिए ।

प्रथम हुने समूहलाई नगद १० हजार र दितृीय हुने टिमले नगद ५ हजार रुपैयाँ, ट्रफीसहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । त्यस्तै महिलातर्फ प्रथम हुने टीमलाई नगद ५ हजार र दोस्रो हुनेलाई ३ हजार प्रदान गरिएको थियो ।

इन्साइट भिजन कलेज, अरोराफाउन्डेसन र दीक्षा भिजनको संयुक्त प्रयासमा आयोजित प्रतियोगिता सुकेधारा रेभ फुटसलमा सञ्चालन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: