गृहमन्त्री बादल र पूर्वगृहमन्त्री शर्माबीच संसदीय समितिमा सवाल जवाफ (भिडियोसहित) « Nagarik Khabar

गृहमन्त्री बादल र पूर्वगृहमन्त्री शर्माबीच संसदीय समितिमा सवाल जवाफ (भिडियोसहित)



काठमाडौं । प्रहरीले दोहोरो भिडन्तमा मारिएका दावी गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलको मृत्यु प्रकरणमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’बीच सवाल जवाफ भएको छ ।

सोमवार राज्य व्यवस्था समितिमा थापा र शर्माबीच चर्काचर्की परेको हो । बादल र प्रभाकर एउटै पार्टीमा मात्र छैनन् माओवादी जनयुद्धमासमेत संगसंगै युद्धमा होमिएका नेता हुन् । चन्द पनि लामो समयसम्म दुवै जनाका नजिककै सहकर्मी थिए ।

समिति बैठकमा उपस्थित भएका गृहमन्त्री थापाले कुमार पौडेलले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गर्दा पौडेलको मृत्यु भएको जानकारी गराए । त्यस लगत्तै गृहमन्त्री थापाप्रति अविश्वास व्यक्त गर्दै पूर्वगृहमन्त्री समेत रहेका नेता शर्माले पौडेलको हत्या भएको रिपोर्ट आएको भन्दै सरकारको आलोचना गरे ।

मन्त्री परिषद् हेरफेरको चर्चा चलिरहँदा यी दुई नेताबीचको चर्काचर्कीलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

समिति बैठकमा के भने बादल र प्रभाकरले ?

विप्लवका जिल्ला इन्चार्ज पौडेल मुठभेडमै मारिएका हुन्: गृहमन्त्री

जनार्दनले गृहमन्त्रीलाई सोधे: विप्लवका जिल्ला इन्चार्ज पौडेलको हात ६/७ ठाउँमा कसरी भाँचियो ?

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: