सरकारलाई माधव नेपालको सुझावः गल्ती भए सुधार गरौं « Nagarik Khabar

सरकारलाई माधव नेपालको सुझावः गल्ती भए सुधार गरौं



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले गल्ती कमजोरी भए सुधार गर्दै अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।

वरिष्ठ नेता नेपालले यातायात क्षेत्रको उचित व्यवस्थापन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले दुई तिहाई बहुमत पाएको कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले मजदुरहरुको पक्षमा दृढतापूर्वक काम गर्नुपर्ने बताए । नेता नेपालले सुरक्षित यात्राका लागि ट्राफिक नियमको पालना गराउन विशेष ध्यान दिन सरकारसँग आग्रह गरे ।

नेता नेपालले यातायात मजदुरहरुलाई पनि यात्रुहरुको सुरक्षामा विशेष सर्तकता अपनाउन सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: