विप्लवका छोरा प्रकाशको उद्घोष : एक-एक थोपा रगतको बदला लिन्छौं (भिडियोसहित) « Nagarik Khabar

विप्लवका छोरा प्रकाशको उद्घोष : एक-एक थोपा रगतको बदला लिन्छौं (भिडियोसहित)



काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दले सरकारलाई बलियो जवाफ दिने घोषणा गरेका छन् ।

कपिलबस्तुको शिवगढी नगरपालिका वडा ३ भगवानपुरमा शनिवार र आइतवार आयोजना गरिएको स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै प्रकाशले सरकारले नागरिकको हत्या गरेकाले त्यसको बदला लिने बताएका हुन् । उनले भने,’हामीहरु एक एक घटनाको जवाफ दिन्छौं । पूर्वी नेपालको सर्लाहीमा हाम्रो इन्चार्ज कमरेडलाई खोलामा समातेर पहिले हातमा गोली हानिएको छ । त्यसपछि टाउँकोमा गोली हानेर मारिएकोे छ । हामी यहीँबाट घोषणा गछौं, एक-एक गोली र एक-एक रगतको थोपाको बदला लिएर देखाउँछौं ।’

आक्रोसमा, भावना र आवेशमा आएर नभएर एकीकृत जनक्रान्तिका लागि आफूहरु लागि परेको बताउँदै उनले जसरी भएपनि अबको क्रान्ति सफल पार्ने बताएका छन् । उनले भने,’यो गाउँको सपना, गाउँका शहीदको रगतका थोपा थोपाको हामी बदला लिन्छौं । सबैको साथ समर्थन हामीलाई आवश्यक छ ।’

आफूहरु जहिल्यै पनि गाउँ तर्फ फर्किन खोजेको भन्दै उनले आधारभूत जनताका लागि सबै अप्ठ्याराको सामना गर्न तयार रहेको उनले बताए । उनले भने ‘शहरको रमझममा हामी भुल्दैनौं । निशुल्क स्वास्थ्य शिविर मात्र होइन जनतालाई आवश्यक परेमा हामीले जीवननै दिन सक्छौं । कोही पनि छलकपटमा नपर्न आग्रह गर्दछु ।’

विप्लव पुत्र प्रकाश अहिले चितवन मेडिकल कलेजमा मेडिकल साइन्स अध्ययन गरिरहेका छन् । उनी जन स्वास्थ्यकर्मी महासंघका महासचिव समेत हुन् ।

कपिलबस्तुको शिवगढी नगरपालिका वडा नं ३ भगवानपुरमा शनिवार र आइतवार सयौं नागरिकका लागि छोरा प्रकाश चन्दको नेतृत्वमा स्वास्थ्य शिविर गरिएको थियो ।

विप्लवको घरमा छोराको स्वास्थ्य शिविर ! (फोटोसहित)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: