सर्लाहीमा मारिएका पौडेल आपराधिक गतिविधिमा संलग्न : आइजीपी खनाल (भिडियो) « Nagarik Khabar

सर्लाहीमा मारिएका पौडेल आपराधिक गतिविधिमा संलग्न : आइजीपी खनाल (भिडियो)



काठमाडौं । प्रहरी महानिरीक्षक सवेन्द्र खनालले विप्लव समूहका सर्लाहीमा मृत्यु भएका कुमार पौडेल आपराधिक गतिविधिमा संलग्न रहेको बताएका छन ।

राज्य व्यवस्था समितिको बैठकमा महानिरीक्षक खनालले पौडेलको समूह जनप्रतिनिधि, व्यापारी, सर्वसाधारणलाईृ चन्दा माग्ने, धम्की दिने र नदिए ज्यान मार्ने धम्की समेत दिने गरेको बताए ।

मृतक पौडेल र उनको समूह समाजमा आफ्नो उपस्थिति देखाउन विभिन्न स्थानमा विस्फोटक पदार्थहरु राखेर जनमानसमा आतंक फैलाउने गिरोहको रुपमा सक्रिय रहेको उनको दावी छ ।

विभिन्न स्थानमा बम राख्ने, विस्फोट राख्ने, जग्गा अतिक्रमण गर्ने, भौतिक संरचनाहरुमा आगो लगाउने जस्ता विभिन्न गतिविधिहरुमा समेत संलग्नता रहेको जानकारी उनले समितिसमक्ष दिएका छन् ।

विगत तीन महिनादेखि नै सर्लाही लगायतका जिल्लामा आतंक सिर्जना गर्ने काममा पनि पौडेलको समूह सक्रिय रहेको उनको भनाइ छ ।

गत विहीबार सर्लाहीको लालवन्दी नगरपालिका–१ मा प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच भएको भिडन्तमा विप्लवका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो । यो घटनासँगै पक्ष र विक्षमा राम्रै तर्क वितर्क भइरहेको छ । पौडेलको मृत्युको विषयलाई लिएर सार्वजनिक रुपमै टिकाटिप्पणी जारी छ । सबैले भिडन्त नै हो कि होइन भन्ने प्रश्न समेत उठाइरहेका छन । गृहमन्त्री राम बहादुर थापा बादलको प्रहरीसँगको मुठभेड कै कारण पौडेल मारिएको अभिव्यतिm दिइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: