मिस्टर वल्र्डका प्रतिस्पर्धी अक्षयजंग भन्छन् : महिला मोडलमात्रै ग्ल्यामर हुँदैनन् « Nagarik Khabar

मिस्टर वल्र्डका प्रतिस्पर्धी अक्षयजंग भन्छन् : महिला मोडलमात्रै ग्ल्यामर हुँदैनन्



काठमाडौं । बानेश्वर निवासी अक्षय जंग रायमाझी फिलिपिन्सको मनिलामा यही अगस्ट २३ तारिखमा आयोजना हुने मिस्टर वल्र्ड २०१९ मा नेपालबाट सहभागिता जनाउँदैछन् ।

मिस्टर नेपाल २०१७ को उपाधि जितेसँगै उनी मिस्टर वल्र्डको उपाधिका लागि नेपालबाट सहभागी हुन लागेका हुन् । मिस्टर वल्र्डको दशौँ संस्करणमा मिस्टर वल्र्डका लागि विश्वका सयभन्दा बढी मुलुकका युवाहरु प्रतिस्पर्धा गर्नेछन । रायामाझी मिस्टर वल्र्डका लागि बृहत तयारीमा छन् ।

तयारीसंगै विभिन्न मुलुकका प्रतिस्पर्धीहरुसँगको सहकार्य आफ्नो लागि महत्वपूर्ण अवसर भएको उनी बताउँछन । मिस्टर वल्र्ड व्यतिmगत सफलताको लागि मात्र नभई देशकै नामका लागि पनि महत्वपूर्ण रहेकाले ताज नेपाल ल्याउन भरपूर प्रयास गर्ने उनी बताउँछन ।

बाल्यकालदेखि विभिन्न पत्रपत्रिकामा छापिने तस्विरहरुबाट प्रभावित भई मोडलिङ पेशामा चाख बढ्यो । मोडलिङसंगै यस क्षेत्रमा प्रभुत्व जमाउनका लागि मात्र नभई आफुलाई तिखार्नका लागि सौन्दर्य प्रतियोगितामा सहभागी भएका थिए । आफ्नो मेहनत र परिवारको सहयोगले सफलता प्राप्त गरे । मिस्टर वल्र्डका लागि पनि दिनरात मेहनत गरिरहेको उनी सुनाउँछन ।

नेपालमा मात्र नभई विश्वमा नै महिलाहरुका लागि आयोजना गरिएको प्रतियोगिताहरुको चर्चा जति हुन्छ, पुरुषहरुका लागि आयोजना हुने सौन्दर्य प्रतियोगिता त्यति चर्चामा आउँदैन । नेपालमा पनि मिस्टर नेपालको भन्दा मिस नेपालको धेरै चर्चा हुन्छ । मिस नेपाल र मिस्टर नेपालको ताज एउटै हो । यो मोडलिङ क्षेत्रमा पुरुषभन्दा पनि महिलालाई बढी प्राथमिकता दिइएकै कारण र मिस नेपाल एउटा महिलाको प्रतियोगिता भएको कारणले मिस्टर नेपाल मिस नेपालभन्दा कम चर्चा भएको रायमाझीको बुझाइ छ ।

मिस नेपालले जतिकै मेहनत हामीले पनि गरेको हुन्छौ जति मिस नेपालको महत्व छ, मिस्टर नेपालको पनि त्यत्ति नै छ । मिस्टर नेपालप्रति मान्छेको धारणा समान हुनुपर्ने उनको भनाइ छ ।

थप भिडियो मार्फत् :

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: