नेकपा महासचिव पौडेल दक्षिण कोरियातिर « Nagarik Khabar

नेकपा महासचिव पौडेल दक्षिण कोरियातिर



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेल दक्षिण कोरियातर्फ गएका छन् ।

दक्षिण कोरिया सरकारको निमन्त्रणामा दक्षिण एसियास्तरको कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका हुन् ।

दक्षिण कोरियामा रहँदा महासचिव पौडेलले सत्तारुढ दल मिन्जु पार्टीका अध्यक्ष, नेपाल कोरिया सांसद मैत्री समितिका पदाधिकारी लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा उन जलबिद्युत आयोजना, रेल कम्पनी, आईसिटी केन्द्र, सांस्कृतिक सम्पदा लगायतको अवलोकन गर्ने कार्यक्रम ।

महासचिव पौडेल जुन २८ तारिखमा काठमाडौं फर्कने छन् । प्रा.डा. गोबिन्द नेपाल पनि महासचिवको साथमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: