सहमति कार्यान्वयनका लागि खबरदारी आवश्यक छ: प्रचण्ड « Nagarik Khabar

सहमति कार्यान्वयनका लागि खबरदारी आवश्यक छ: प्रचण्ड



चितवन । प्रमुख सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका क्रममा भएका सहमति कार्यान्वयनका लागि खबरदारी आवश्यक रहेकोमा जोड दिएका छन् ।

चितवन जिल्ला कमिटीको सपथ समारोहलाई सम्बोधन गर्दै प्रचण्डले एकताको भावनाबाट बिचलित हुन खोज्ने नेता कार्यकर्तालाई खबरदारी गर्नुपर्नेमा जोड दिएका छन् । उनले पार्टी एकताको मुल मर्मबाट बाहिरिन खोज्नेलाई खबरदारी गर्नुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय नेकपामा वैचारिक बहस विवादमा तानिएपछि पार्टीको बैठकनै अनिश्चित भएको छ । एक वर्षभन्दा धेरै समयसम्म पनि पार्टी एकताले पूर्णता पाउन सकेको छैन् ।

गृह जिल्ला चितवन पुगेका प्रचण्डले पार्टी एकता गर्दा तयार भएको पार्टीको सिद्धान्त, विधान र हस्ताक्षरित दस्तावेजबाट कोही पनि पछाडि फर्किन असम्भव भएको बताएका छन् । उनले त्यस्तो अवस्थाबाट पछि फर्किएमा दुर्भाग्य हुने बताए ।

आफू काठमाडौं फर्किएपछि पार्टी एकता प्रकृयाका बाँकी विषय टुंगोमा पुग्ने प्रचण्डले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: