संखुवासभामा पहिरामा थुनिएका ५१ सुरक्षित स्थानमा, सांसद गौतमबाट राहत वितरण « Nagarik Khabar

संखुवासभामा पहिरामा थुनिएका ५१ सुरक्षित स्थानमा, सांसद गौतमबाट राहत वितरण



काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिका–५ को पेपुवामा सातादेखि पहिरोमा थुनिएका ५१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । नेपाली सेनाको एमआई १७ हेलिकप्टरले उनीहरुलाई पेपुवाबाट गाउँपालिकाको केन्द्रमा सारिएको हो ।

पहिरोले विस्थापित भएका ३७ परिवारलाई गाउँपालिकाको सहयोगमा राहत पनि वितरण गरिएको छ । सांसद राजेन्द्र गौतम, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यलगायतले पेपुवा पुगेर विस्थापितलाई आज राहत सामग्री वितरण गरिएको थियो ।

पूर्ण विस्थापितमध्ये ५१ जनालाई नुममा ल्याइएको सांसद गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: