लण्डन । चोटका कारण वेस्ट इन्डिजका अलराउण्डर एन्द्रे रसेलले जारी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत आफ्नो टोलीको बाँकी खेल गुमाउने भएका छन् ।
घुँडाको समस्याबाट ग्रसीत उनले विश्वकपमा आफ्नो टोलीको बाँकी खेल खेल्न नसक्ने भएका हुन् । ३१ वर्षिय रसेलले वेस्ट इन्डिजको टोलीबाट जारी विश्वकपमा खेलेको चार खेलमा पाँच विकेट लिएका छन् ।
उनी टोलीबाट बाहिरिएपछि उनको स्थानमा सुनिल एम्ब्रिसलाई बोलाइएको छ । २६ वर्षिय एम्ब्रिसले राष्ट्रिय टोलीबाट अहिलेसम्म ६ वटा एकदिवसीय क्रिकेट खेलेका छन् । उनले आयरल्यान्डविरुद्ध एक शतकसमेत प्रहार गरेका छन् ।
जारी विश्वकपमा ६ खेलबाट तीन अंक मात्रै जोडेको वेस्ट इन्डिज अंकतालिकाको आठौं स्थानमा रहेको छ ।