तमू महिला चलचित्र निर्देशकको संघर्ष ः १० मिनेटको सिनलाई डेढ वर्ष « Nagarik Khabar

तमू महिला चलचित्र निर्देशकको संघर्ष ः १० मिनेटको सिनलाई डेढ वर्ष



  • जसु गुरुङ, चलचित्र निर्देशक तथा कोरियोग्राफर

आदिवासी चलचित्र क्षेत्रमा सक्रिय जसु (जसमाया) गुरुङ हालै उत्कृष्ट निर्देशक बनिन् । गत जेठ २४ देखि काठमाडौंमा तीन दिन चलेको ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव– २०७६’ मा गुरुङ भाषाको चलचित्र म्ले क्यु (बिर्साउने पानी) चलचित्रबाट उत्कृष्ट निर्देशक दरिएकी हुन् । उनी निर्देशित ‘म्ले क्यु’ चलचित्र दोस्रो हो । डेब्यू चलचित्र भने कर्म क्याँ (कर्मको बाटो) हो । करिब १२ वर्षदेखि सिनेकर्ममा लागेकी जसु आदिवासी समुदायमा विरलै भेटिने निर्देशकमध्ये एक हुन् । बिजनेस म्यानेजमेन्टमा स्नातक गरेकी चलचित्र निर्देशक गुरुङ फिल्म मेकिङसम्बन्धी कुनै सर्टिफिकेट लिने सोचमा रहेको बताउँछिन् । आदिवासी चलचित्र विकासतर्पm रहेको बताउने निर्देशक गुरुङसँग गरिएको कुराकानी ।

उत्कृष्ट निर्देशकको अवार्ड थापिरहँदा कस्तो महसुस गर्नुभयो ?
खुसी लाग्दोरहेछ । म बोल्नेभन्दा पनि काम गर्ने व्यक्ति हुँ । काम गर्छु तर त्यो कस्तो हुन्छ रिजल्ट अडियन्समा भर पर्छ । अवार्ड जित्दा पनि त्यस्तै फिल भइरह्यो । त्यसका साथै मलाई चुनौती र जिम्मेवारी थपिएको महसुस भएको छ ।

तपाईंले निर्देशन गर्नुभएको यो दोस्रो म्ले क्यु कस्तो खालको चलचित्र हो ?
म्ले क्यु कल्चरल मिथ, स्पिरिच्युल विषयलाई समेटेको चलचित्र हो । आदिवासी जनजाति युवाहरु पैसा कमाउनु पर्छ भन्ने मनस्थितिमा देखिन्छ । त्यस्ता युवाहरुको अहिलेको अवस्थालाई समेटेर निर्माण गरेको चलचित्र हो, ‘म्ले क्यु’ ।

तपाईंको निर्देशनमा बनेको पहिलो चलचित्र ?
मैले चलचित्र क्षेत्रमा डेब्यू गरेको कर्म क्याँ हो । जुन चलचित्रले प्रथम आदिवासी चलचित्र महोत्सवमा उत्कृष्ट चलचित्रको अवार्ड पाएको थियो । त्यो पनि गुरुङ भाषामै गरेकी थिएँ । सहनिर्देशन गरेको चलचित्रहरु त आधा दर्जनभन्दा बढी भइसकेको छ ।

सहनिर्देशन गर्नुभएको चलचित्र कुन कुन हुन् ?
सहनिर्देशन गरेको सुरुमा नास मु है्रगो, त्यसपछि मनोज दाइको निर्देशनमा रहेको गेटपास, माओत्से दाइको निर्देशन र मेरो सहनिर्देशनमा बनेको जुनीजुनी, सुराग, युग दाइले गर्नुभएको फिस्रीलगमयच ६ वटा छन् ।

पछिल्लो म्ले क्यु चलचित्र विदेशमा तय भा छ प्रदर्शनको लागि ?
हङकङमा प्रिमियर भएको थियो । अरु ठाउँमा पनि कुराकानी भइरहेको छ । कुनै ठाउँमा कुरा गर्न बाँकी छ । यो प्रदर्शनकै लागि केही समय लाग्छु किनकि तीन वर्षजति प्रि–प्रोडक्सनमैे मैले टाइम दिएकी थिएँ । अहिले बनिरहेका चलचित्रहरु भन्दा यो विल्कुलै फरक चलचित्र हो । एनीमेसनका कामहरु बाँकी छ । आदिवासीहरुमा त्यो मेनपावर नपाएर एकदमै गाह्रो भयो मलाई । प्रयास गरेँ, १० मिनेटको सिनलाई डेढ वर्ष लाग्यो ।

म्युजिक भिडियो पनि गर्नुभयो नि ?
म्युजिक भिडियोहरु धेरै नै गरेँ । मैले खेलेको म्युजिक भिडियो घान्द्रुके ठिटी धेरै नै चर्चामा आयो । म्युजिक भिडियो सुरु गरेको भनेको रुपै राम्रो रुपतालको गीत थियो, २०६६ तिर ।

तपाईका चलचित्रहरु कुन कुन देशमा प्रदर्शन भयो ?
प्रायः हङकङमा प्रदर्शन भएका छन् । मैले खेलेको चोखो माया हङकङमा शो भइरहेको थियो, त्यत्तिबेला म पनि जान पाएकी थिएँ । अरु ठाउँहरुमा पनि भइरहेको छ । आफू इन्भल्व भएको भनेको प्रायः हङकङमा हो ।

अरु देशहरु पनि जानुभयो ?
म पुगेको देशहरु भनेको कर्म क्या सुटिङलगत्तै म दुबई पुगे, एकदमै राम्रो लाग्यो । हङकङ तीन पटक गएँ । अनि मलेसिया ।

महिलाले निर्देशकको भूमिका सम्हाल्न सक्दैनन् भन्ने परिवेशमा तपाईंले त्यो भनाइ चिरिदिनुभएको छ, साँच्चै गाह्रो रहेछ चलचित्र निर्देशन गर्न ?
जुनसुकै काम गाह्रो हुन्छ । कलाकारको रुपमा अरुको निर्देशनमा यो–यो गर भन्दा गर्न जति सजिलो हुन्छ । निर्देशन गर्न त्यो भन्दा एकदमै गाह्रो । एज अ लिडरसीप भन्ने काम त्यत्ति सजिलो होइन । होल टिमलाई आफ्नो अन्डरमा राखेर, आपूmले भनेजस्तो, कल्पना गरिरहेजस्तो, सोचिरहेजस्तो ट्रयाकमा ल्याउन सजिलो हुँदैन । सबैको सोच मिलिरहेको हुँदैन । ती नमिलिरहेको सोचहरुलाई आफ्नो भिजनमा ढालेर अगाडि बढाउनु भनेको एकदमै गाह्रो काम हो ।

निर्देशन गर्दा के के कुरामा ध्यान दिनुपर्ने रहेछ ?
निर्देशन गर्दा मुख्य कुरा लगनशील र मेहनत गर्नुपर्छ । निर्देशकमा लिडरसिप पावर हुनुपर्छ । त्यसका लागि आँट हुनुपर्छ । जबसम्म लिडरसीपको आँट हुँदैन तबसम्म गर्न सकिँदैन । किनकि टिममा त एउटै एज प्mयाक्टर हुन्छ भन्ने हुँदैन । एज प्mयाक्टर मात्रै होइन कि सयौं कामहरु गरेर अनुभव गरिसक्नु भएका व्यक्तिहरुसँग काम गर्नुपर्ने हुन्छ । त्यसकारणले पनि एउटा आँट लिएर लिडरसिप पावर आवश्यक छ । सबै कुराको ज्ञान हुनुप¥यो । अरुको फिलिङसँग टच हुनुपयो । निर्देशकको आप्mनै भिजन हुन्छ, त्यसमा ढाल्न सक्नु प¥यो ।

तपाईं आफ्नो निर्देशनमा बनेका चलचित्रलाई नेपाली राष्ट्रिय चलचित्र र अन्तर्राष्ट्रिय चलचित्रसँग पनि दाँज्ने गर्नुभएको छ ?

दाँज्ने गर्छु कहिलेकहिले ।

कस्तो छ गुणस्तरको लेभल ?
म हाराहारीमा छ भन्छु । बजेट, जुनसुकै पाटोबाट कुरा गर्दा । इन्डिजिनियस चलचित्र भएकोले हलहरुमा निरन्तर प्रदर्शन भइरहेको छैन । त्यत्तिमात्रै हो कमी । त्यसमा पनि पछिल्लो चरणमा प्रयास भइरहेको छ । जुनसुकै काम गर्न सजिलो छैन । सुरुमै बानी पार्न गाह्रो हुन्छ । जति अरुले गर्नुहुन्छ, त्यत्तिको प्रयास मबाट भएको जस्तो लाग्छ ।

सुधार्नुपर्ने पक्ष पनि देख्नुहुन्छ ?
सुधार्नु पर्ने कुरा धेरै देखेकी छु । कमीकमजोरी ममा नभएको होइन । कमीकमजोरी भएपछि म पछाडि फर्कने भन्दा पनि सुधार्ने पक्षमा छु ।

आपूmलाई बदल्न के के गरिरहनुभएको छ त ?
मैले अध्ययन, तालिमदेखि अनुभव लिइसक्नु भएकाहरुसँग र न्यू कमर्सहरुसँग पनि सल्लाह, सुझाव लिइराखेको हुन्छु । किनकि हामीभन्दा पछिल्लो पुस्ताबाट पनि धेरै कुरा सिक्न सकिन्छ । अनुभव बटुलिसकेका धेरै ग्रेट पर्सनहरुसँग पनि कुराहरु सिक्न पाउँछ्रौं । त्यही भएकोले उहाँहरुसँग भेट गर्ने गर्छु ।

आदिवासी जनजाति क्षेत्रमा चलचित्र निर्देशन गरेर जति प्रख्याती कमाउनुभयो, यो अनुभव र ज्ञानलाई नेपाली भाषा र अन्यमा लगाएर पहिचानको दायरा फराकिलो बनाउँ जस्तो लाग्दैन ?
फिल त हुन्छ नि, आफ्ना कृतिहरु सबै जनाले हेरोस् भन्ने । सबैले समीक्षा पनि गरोस्, के छ कमीकमजोरी बताओस् । र, आफ्नो भाषा, संस्कार, संस्कृतिभित्रै रहेर कल्चरल मिथकका हाम्रो कुराहरु भन्न सकेनौं भने कहिले पनि बाहिर आउँदैन । त्यसैले अहिलेसम्म गरिराखेको कल्चरल मुभि (गुरुङ मुभि) नै छ । पछिल्लो समयमा अहिले मूलधारको सिनेमा भनिने पनि प्रायः कल्चरल, जोसँग आदिवासीहरुका कथा छ, त्यस्ता चलचित्रहरु धेरै चल्ने गरेको मैले पनि पाइरहेको छु । समस्त दर्शकहरुले पनि त्यही रुचाइरहेको महसुस गर्छु । त्यसैले पनि हाम्रा चलचित्रहरु समग्र दर्शकले हेर्ने वातावरण बनोस् । मेरो बुझाइमा चलचित्र हेर्न भाषा बाधक होइन । चलचित्रको आप्mनै भाषा हुन्छ, भिजुअल माध्यमबाट । फिल्म बुझ्नका लागि आफ्नै माध्यम छ ।

आदिवासी जनजाति समुदायका विषयवस्तुमा बनेका चलचित्र ठूलो हलमा निरन्तर प्रदर्शनका लागि पहल भइरहेको छ ?
मैले यो कुरा सोचेकी छु । यो पहल सबै आदिवासीहरुले गरिरहनुभएको छ । आदिवासी जनजातिका चलचित्र निरन्तर प्रदर्शनका लागि हलको विषयमा सरकारी निकायबाटै पहल भइदिओस् भनेर केही प्रयास भइराखेको छ । चलचित्र संघहरुबाट पनि केही प्रयास भइरहेको छ । त्यत्तिमात्रै होइन कि चलचित्रको प्रदर्शनका क्रममा नेपाली चलचित्रहरुले अहिले जत्ति फड्को मारिरहेको छ । त्यत्ति फड्को मार्नलाई इन्डिजिनियस चलचित्रलाई टाइम लाग्छ नै । किनकि अहिले च्यारिटी शो मा मात्रै सीमित छ । पछि गएर राम्रो होला, सुरुआती समयमा सरकारी निकायबाट हलहरु उपलब्ध र सहुलियत भइदियो भने पक्कै पनि हाम्रो सोचले सफलता पाउनेछ ।

तपाईं लामो समयदेखि आदिवासी जनजातिका चलचित्र निर्देशनमा हुनुहुन्छ, अहिले यस्ता चलचित्रको अवस्था कस्तो छ ?
पहिले र अहिले धेरै फरक छ । अहिलेका चलचित्र हेर्ने दर्शकहरु पनि धेरै चेन्ज भइसक्नु भा, छ । नयाँ सूचना प्रविधिले गर्दा हाम्रा दर्शकहरु धेरै अगाडि हुनुहुन्छ । हामीले प्रस्तुत कसरी गर्छौं भन्ने भन्दा पनि उहाँहरुको लागि हामीले क्वालिटीको प्रोडक्टचाहिँ ल्याउनुपर्छ भन्ने लाग्छ । १० वर्षअघि ल्याएको फिल्म र अहिले बनेका चलचित्रमा धेरै फरक पाउँछु म । त्यतिबेलाका चलचित्र हेर्दा वाह, वाह लाग्थ्यो, अहिले चलचित्रहरु फरक टेक्नोलोजीबाट जसरी निर्माण हुने गर्छ, अभिनय, प्रविधिलगायतको विषयले भास्ट डिफरेन्स छ । विकासको क्रमचाहिँ जारी नै छ ।

भाषा, संस्कार, संस्कृति र मौलिकता जोगाउन भन्दै चलचित्रमा गरिएको लगानी बालुवामा पानी खनाएजस्तो भइरहेको त छैन ?
इन्डिजिनियस मुभिहरुको समस्या नै त्यहींनिर हो । निरन्तर प्रदर्शन हुँदैन । च्यारिटीमा मात्रै सीमित हुन्छ । च्यारिटीमा पनि एकचोटी हेरिसकेको मुभिमा अडियन्स एउटै हुन्छ । इन्डिजिनियस निश्चित समुदायको धेरै चलचित्र निर्माण हुने गर्छ । म गुरुङ कम्युनिटीको हुँ । गुरुङ कम्युनिटीमा वर्षमा ६,७ वटा चलचित्र निर्माण हुने गर्छ । आखिर हेर्ने दर्शक त त्यही नै हो । हामीले च्यारिटी गरिराखेका छौं किनकि हामीले सहुलीयत मूल्यमा पनि प्रोभाइड गर्न सक्दैनौं । हल भाडा तिर्नै पुग्दैन । अनि चर्को मूल्य गर्नुपर्ने हुन्छ । त्यस हिसाबले गाह्रो हुन्छ नै । सहुलियत मूल्यमा दर्शकहरुलाई प्रोभाइड गर्न नसकिरहँदा यस्ता समस्याहरु आइरहेको हामीले महसुस गर्ने गर्छौं । अरु आदिवासी जनजातिहरुको तुलनामा गुरुङहरुको धेरै चलचित्र निर्माण हुने गर्छ । त्यही कारणले गाह्रो छ । च्यारिटीतर्पm चाहिँ धेरै नै मेहनत गर्नुपर्छ । मेहनत गरिएन भनेचाहिँ बालुवामा पानी खन्याएभैंm अवश्य हुन्छ । पछिल्लो समयमा सबैले चलचित्र हेरिदिओस् । बिजनेसको हिसाबले राम्रो हो भन्ने चाहना प्रत्येक चलचित्र निर्माताको छ । निर्माता बाच्यो भने मात्र प्राविधिक बाँच्ने कुरा हो । अहिलेको अवस्थामा मिहेनत चाहिँ बढी गर्नुपर्ने हुन्छ ।

हलमा नगएपछि गैरभाषीले हेर्न सक्छन् त ?
त्यसो हुँदा हेर्ने माध्यम नै भएन । यसका लागि पहल भइरहेको छ । समयचाहिँ लाग्छ ।

चलचित्र नचल्दा त निर्माता, निर्देशक र कलाकार मारमा पर्छन् नि ?
त्यो त हो, यदि मैले यत्ति नै मेहनत अरु केही काममा गरिरहेको हुन्थे भने धेरै पैसा कमाउथेँ होला । करोडपति हुन्थेँ होला । त्यो आफ्नै ठाउँमा छ । तर, आपूm बाँच्न सक्ने र समाजका लागि केही गर्न सक्यो नि त भन्ने मात्रै हो । आफ्नो संस्कृति संरक्षणको लागि विभिन्न माध्यमबाट काम गर्न सकिन्छ । मैले जे जानेको छु, त्यो गर्ने कुरा हो । दिनरात भन्नु छैन । भोक भन्नु छैन । कहिले कस्तो ठाउँमा सुताइ हुन्छ । यत्ति मिहेनत, संघर्ष अरु ठाउँमा गर्थें भनेदेखि धेरै आम्दानी गर्न सक्थें होला । अहिले हामीले कम्युनिटीका लागि धेरै संघर्ष ग¥यौं, पछिल्लो समय यसले कमर्सियल्ली बाटो पनि लिन्छ । किनकि नेपाललाई चिनाउने भनेको यहाँका आदिवासीहरुले हो । आखिरमा नेपाली मूलधारका चलचित्रहरु पनि आदिवासी जनजातिका विषयलाई लिएर बनाइएकोले चलिरहेको अवस्था छ । नेपाललाई विदेशमा चिनाउने काम आदिवासीका विषयवस्तुले हो । मेरै कन्डिसन बताउने हो भने गाह्रो छ । तर, हामीले नै सुरुआत गरेनौं भने केही वर्ष धकेलिन्छ । त्यो सोच भएको मान्छे आउन समय लाग्छ ।

कठिन परिस्थितिका बाबजुत आफ्नो कम्युनिटीका लागि लडिरहनुभएको छ, मन कसरी बुझाउनुहुन्छ ?
यो पेसा धेरै अप्ठ्यारो, धेरै चुनौती, त्यसमाथि पनि खुट्टा तान्ने हाम्रोमा संस्कार । आदिवासी जनजाति समुदायभित्र मात्रै होइन, समग्र नेपालमै केही गर्न लाग्यो कि खुट्टा तान्ने प्रवृत्ति एकदमै छ । मैले पहिलो चलचित्र निर्देशन गर्दा त्यस्तो समस्या नआएको होइन । पछिल्लो चलचित्र बन्दा पनि त्यस्तो प्रवृत्ति देखिए पनि त्यसलाई चिर्दै अगाडि बढ्ने कोसिस गरिरहेको छु । कहिले के खालको तनाव दिने गर्छ, कहिले के । तर, पनि म ती समस्या पन्छाएर अगाडि बढ्ने कोसिस गरिरहेको हुन्छु । मान्छेहरुको सोचाई आफ्ना आफ्नै हुन्छ । कतिसम्म सोच्न सक्नुहुन्छ, त्यत्ति गर्ने कुरा हो । म कसैसँग पनि दाँज्न चाहन्न ।

यो क्षेत्रमा लागेको कति वर्ष पुग्यो ?
१२ वर्ष बितिसकेको छ । २०६३ सालमा स्व.क्या मीनबहादुर गुरुङ
(डाँफेबाजे)लाई भेटेको हुँ । मेरो प्रवेश सुरुमा साहित्यबाट भएको हो । साहित्यप्रेमी हुँ, साहित्यकार भने होइन । आदिवासी दिवसका दिन गुरुङ भाषामा कविता वाचन गरिरहँदा डाँफेबाजेसँग भेट भयो । उहाँको व्याकग्राउन्ड, कल्चरसँग रिलेट भएर उहाँको थुप्रै किताबहरु, फिल्महरु बनाउनुभएको छ । धेरैमा काम गरिसक्नुभएको रहेछ । उहाँसँगको भेटघाटपछि यो क्षेत्रमा मेरो विस्तारै विस्तारै प्रवेश भएको हो । उहाँसँग भेटपछि केही समय साहित्यसम्बन्धी कामहरु उहाँसँग नै गरेँ । त्यसपछि विस्तारै म्युजिक भिडियोहरुमा काम गर्न थालँे । स्क्रिप्टहरुमा पनि काम गर्न थालेँ ।

कोरियाग्राफी पनि गर्नुहुन्छ ?
कोरियोग्राफी पनि गर्छु । डाँफेबाजेको डाँफे कला मन्दिरमा सिक्दासिक्दै सिकाउन थालेँ । मलाई याद छ, पहिलोपटक कोरियोग्राफी गर्दा पनि कोचबाट रेस्पोन्स गर्दा यस्तोसम्म कोरियोग्राफी गर्ने । तर, मलाई आफूले केही गरेको जस्तो लागेको थिएन । त्यत्तिबेला रेस्पोन्स आउँदा छुट्टै मजा आइरहेको मैले अभैm सम्झना आइरहन्छ ।
चलचित्र क्षेत्रमा भर्खरै रिटर्न भर्खरै पाउने अवस्था छैन । जसोतसो दिनचर्या चलिरहेको छ । म बिजनेस म्यानेजमेन्टको विद्यार्थी । मलाई हरेक पटक नयाँ नयाँ प्रयास गर्न मन लाग्ने । मलाई हरेक समय परीक्षा दिइरहेको अनुभव हुन्छ । पहिलो पटक चलचित्र बनाउँदा पनि मलाई जाँच दिइरहेको, पास हुन्छु, वा फेल हुन्छु भन्ने लागिरहन्थ्यो । अहिले म्ले क्यु निर्माण गर्दा त्यस्तै फिल भइरहन्थ्यो । पहिलो कर्मा क्या र अहिलेको म्ले क्यु को शब्द पनि एकदमै कम्प्लिकेटेड विषयवस्तु । भन्नाले म नजन्मँदाखेरीको स्टोरी गर्नुपर्ने हुन्थ्यो । पछिल्लो म्ले क्यु पनि कल्चरल मिथकसँग जोडिएको चलचित्र हो । जुन हामीले वास्तविकतामा देखेकै छैनौं । त्यो एकदमै गर्न गाह्रो हुन्थ्यो । त्यसो हुँदाहुँदै पनि मैले प्रयास गरेँ । किनकि गाह्रो काम गर्न मलाई मन पर्छ । अरुले गरिरहनुभएको काम छ छँदैछ नि ।
मेरो पढाई र चलचित्र निर्माणको पाटोलाई किन मर्ज गर्न सकिँदैन भन्नाले चलचित्र निर्माणसम्बन्धी कलेज पोखरामा छैन । अनि गाह्रो पनि छ । पोखरामा एउटा वातावरण निर्माण भइसकेको छ । पोखरामा लेडिज फिल्म मेकरहरु छँदैछैन । मैले छोडेपछि पोखराले लेडिज फिल्म मेकर पाउन गाह्रो हुन्छ । त्यसकारणले छोड्न सक्ने कन्डिसन पनि भएन । अहिले स्टार स्टुडियो प्राइभेट लिमिटेड पोखरा सञ्चालन गरिरहेको छु । जसबाट चलचित्र निर्माण पनि गर्ने गर्छु । कल्चरल भेषभूषा पनि प्रोभाइड गर्ने गर्छुृ भाडामा । कल्चरल डान्सेसहरु पनि प्रोभाइड गर्ने गर्छु । सुरुमा शोखको रुपमा गरियो, त्यसपछि रहर बन्यो र अहिले करको रुपमा भइरहेको छ । त्यो सँग अहिले स्टडीलाई मर्ज गरेर बिजनेस पनि स्टार्ट गरिरहेको अवस्था छ ।

आदिवासी चलचित्र क्षेत्रको विकास सोचेजस्तो भएको छैन । यसलाई अगाडि कसरी लान सकिन्छ ?
मुख्य कुरा घरपरिवारबाट नै स्टार्ट हुन्छ । परिवार जब सचेत हुन्छ, त्यसपछि समाज सचेत हुने कुरा हुन्छ । समाज सचेत हुँदै देश सचेत हुने कुरा हो । जबसम्म बुभ्mने वातावरण बन्दैन तबसम्म सबका आआफ्नो इच्छा हुन्छ । सबै डक्टर नै बन्छ भन्ने हुँदैन । सबै नर्स हुन्छ, पाइलट हुन्छ भन्ने पनि रहेन । कसै कसैलाई चलचित्रमा लाग्ने रहर हुँदा हुँदैन पनि परिवारबाट अहिलेसम्म वेल एजुकेटेड, क्षेत्र राम्रो छँदाछँदै किन लाग्ने त्यो क्षेत्रमा भन्ने जुन वातावरण छ, रोगको रुपमा त्यो बन्द हुनुपर्छ ।

तपाईंको परिवारमा चाहिँ ?
पहिलो सहयोगी मेरी आमा । अहिले हुनुहुन्न, लगभग तीन वर्ष जति हुन लाग्यो आमाको निधन भएको । मलाई जे गर राम्रो गर भन्नुहुन्थ्यो आमाले । आमा एकदमै सपोटिभ । त्यस कारणले पनि म यस क्षेत्रमा छु । जब मलाई ठीक लाग्न थाल्यो त्यसपछि मैले यो क्षेत्रलाई अँगाल्न थालेँ । एसएलसीमा म स्कुल टपर पनि हुँ । क्याम्पस लेभलमा गुरुङहरुमा उत्कृष्ट विद्यार्थीको रुपमा सम्मानित भएकै हुँ । मैले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको श्री शितलादेवी इंलिस बोर्डिङ स्कुल र कलेज जनप्रिय मल्टिपल क्याम्पस पोखरा पढेकी हुँ । व्याचलर पीएन कलेजमा पढ्याँ हुँ । सबै सोसाइटीले आमालाई भन्ने गथ्र्यो रे, छोरी राम्रै पढ्ने मान्छे हो, त्यो सेक्टरमा किन गयो ? तर, पनि उहाँले कहिले पनि रोक्नु भएन । हरेक सेक्टर आफैंमा नराम्रो होइन । मैले अहिले मेहनत गरेर यो लेभलसम्म आएँ, स्टगल धेरै गर्नु प¥यो । त्यसपछि सोसाइटीले अहिलेचाहिँ ए हामीले नबुझिराखेको रहेछ, तिम्ले राम्रो गरिराखेको रहेछ भनिरहेको अवस्था छ । परिवारका हरेकबाट सपोर्ट छ ।

अबको योजना ?
यही क्षेत्रलाई नै निरन्तरता हुन्छ । त्यसकारणले नै स्टार्स स्टुडियो सुरु गरेकी हुँ । स्टार्स स्टुडियोको काम नै चलचित्र निर्माण गर्ने हो । म्ले क्यु चलचित्रकै केही प्रदर्शनका काम बाँकी छ, केही समय यसमै लाग्नेछु ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: