काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य छ ।
सवारी साधन बिहानै देखि सडकमा गुडिरहेका छन् । चोक-चोकमा सुरक्षकर्मी परिचलन गरिएको छ । उपत्यकाका शैक्षिक संस्थाहरु बन्द गरिएका छन् ।
बन्दलाई प्रभावकारी बनाउन देशका विभिन्न स्थानमा विप्लव समूहले विस्फोटक पदार्थ राखेका खबरहरु आएका छन् ।
असार ५ गते सर्लाही जिल्लाका संयोजक कुमार पौडेल प्रहरीको गोली लागि मृत्यु भएको विरोधमा विप्लव समूहले बन्द आह्वान गरेको हो ।
काठमाडौंमा बन्दको प्रभाव कम परे पनि काठमाडौं बाहिर भने बन्दले जनजिवन प्रभाति भएको छ ।