ओखलढुंगा । ओखलढुंगाको श्रीचौरमा प्रहरीले महिलालाई यौन दुर्व्यवहार गरेका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।
प्रहरीचौकी श्रीचौरका प्रमुखसमेत रहेका प्रहरी सहायक निरीक्षक असइ परशुराम विश्वकर्माले एक महिलालाई यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले आइतबार राति प्रहरी चौकी घेराउ गरेका हुन् ।
मदिरा सेवन गरेर अचेत अवस्थामा पुगेका असइ विश्वकर्माले स्थानीय एक होटलमा आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै महिला चिच्याएपछि स्थानीय आक्रोशित भएका थिए ।
प्रहरीले संवेदनशील अंगमा समातेर यौन सम्पर्कका लागि जबर्जस्ती गरेको पीडित महिलाले बताएकी छिन् ।