काभ्रे । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नोपल बन्दको दिन आज काभ्रेका केही स्थानमा शंकास्वद वस्तु (बम) फेला परेका छन् ।
पनौती ७ स्थित ढुंखर्क बस स्टपमा र खोपासी मार्गको रोशी खोला पुलमा दुई वटा प्रेसर कूकर बम भेटिएको हो ।
उक्त बमलाई नेपाली सेनाको धुलिखेलस्थित विष्णुदल गणबाट खटिएको टोलीले डिस्पोज गरेको छ।
स्थानीयले बनेपाको रातो पुल नजिकै विस्फोटको आवाज आएको बताएका छन् । प्रहरीले घटनाको पुष्टि गरेको छैन।