काठमाडौं । आज दिउँसो देशको मध्य र पश्चिमी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा पूर्वी भूभागमा सामान्य बदली भई पुर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पूर्वी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि देखिन्छ ।
आज राति देशको मध्य भूभागमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र पश्चिमका भूभागमा सामान्य बदली भई पुर्व र पश्चिमका केहि स्थानहरुमा साथै मध्यका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। पूर्वी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।