काँग्रेस र कम्युनिष्टको विकल्प हामी हौँ (भिडियोसहित) « Nagarik Khabar

काँग्रेस र कम्युनिष्टको विकल्प हामी हौँ (भिडियोसहित)



काठमाडौं । समाजवादी पार्टी नेपालका उपमहासचिव डम्बर खतिवडाले आफूहरु काँग्रेस र कम्युनिष्टको वैकल्पिक शक्ति भएको दावी गरेका छन् । नागरिकखबरसंगको कुराकानीका क्रममा उनले आफ्नो दलले मात्र अब देशको राम्रोसंग नेतृत्व गर्नसक्ने बताए ।

नेपालमा वैकल्पिक राजनीतिको आवश्यकता रहेको भन्दै तत्कालिन एकीकृत नेकपा माओवादीका नेता डा बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणको उद्घोष गरेका थिए । काठमाडौंको दशरथ रंगशालामा विशाल जनसभाको आयोजना गरेर नयाँ शक्तिको घोषणा गरएपनि पार्टीले गति लिन सकेन् । स्थापना कालदेखिनै अस्तव्यस्त सांगठनिक संरचना बनेपछि एकपछि अर्को गर्दै पार्टीमा आवद्ध नेताले पार्टी परित्याग गरे ।

स्थानीय चुनावमा संघीय समाजवादी फोरम नेपालसंग तालमेल गरेपनि उपलब्धि भएन् । बरु देवेन्द्र पौडेल लगायतका नेताहरु पुरानै घर फर्किए । अर्थमन्त्री हुँदा कमाएको चर्चा प्रधानमन्त्रीकालमा केही कमजोर बनेको थियो । नयाँ शक्ति पुग्दा यो चर्चा अत्यन्तै सानो समूहमा मात्र सीमित भएको छ ।

पछिल्लो चुनावमा प्रतिनिधिसभाको एक सिटमा सीमित भएको नयाँ शक्तिले आवश्यकताकै आधारमा अहिले संघीय समाजवादी फोरम नेपालसंग पार्टी एकता गरेको छ ।

वैशाख २३ गते नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकतापछि समाजवादी पार्टी नेपाल बनेको छ । संघीय परिषद्को अध्यक्ष डा भट्टराई भएका छन् भने केन्द्रीय समितिको अध्यक्ष उपेन्द्र यादव भएका छन् । गएको जेठ ३० गते समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भैसकेको छ । समाजवादी पार्टी नेपालका उपमहासचिव डम्बर खतिवडासंग हामीले समसामयिक राजनीतिक विषयमाबस्तुमा रहेर छलफल गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: