अछाम । सोमबार राति अछामका दुईवटा वडा कार्यालयमा आगजनी भएको छ ।
पन्चदेवल विनायक नगरपालिकाको ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पन्चदेवल बिनायकको ३ नम्बर वडा कार्यालयमा राति २ बजेको समयमा आएको ५÷६ जनाको समूहले पेट्रोल छर्केर आगजनी गरेका थिए ।
ढकारी गाउँपालिका ५ मा प्रहरी घटनास्थल पुग्दैछ ।