बीबीसी । बीबीसी अरेबिकले अरब बारोमिटर सर्वेक्षण संस्थासँग मिलेर सो क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो र गहन अध्ययन गरेको छ।
धर्म, राजनीति, यौन, जीवन र सुस्वास्थ्यबारे १० देश र प्यालेस्टाइनका २५ हजार मानिसहरूमा सो सर्वेक्षण गरिएको हो।
अध्ययनले केही रोचक परिणाम देखाएको छ।
के तपाईंलाई थाहा छ ? मध्य पूर्व र उत्तरी अफ्रिकाका एक तिहाइ मानिसहरु पलायन हुने सोचमा छन् ।
इराकमा महिला भन्दा धेरै पुरुषहरुले यौन उत्पीडनको शिकार भएको बताउँछन् ।
बीबीसी अरबिकले अबर बारोमिटर सर्वेक्षण संस्थासँग मिलेर मध्य पूर्व र उत्तरी अफ्रिकामा जिउनु कस्तो हुन्छ भनेर पत्ता लगाएको छ ।
धर्म, भ्रष्टाचार, आप्रवासन, यौनिकता र सु स्वास्थ्यका विषयमा सर्वेक्षण गरिएको हो । यो त्यस क्षेत्रमा गरिएको हालसम्मकै सबैभन्दा ठूलो र गहन सर्वेक्षण हो ।
सर्वेक्षणअनुसार, आफूलाई धार्मिक नभएको भन्न चाहनेहरुको संख्या बढिरहेको छ । पुटिन र ट्रम्पभन्दा धेरै टर्कीका रााष्ट्रपति एर्दोआन यस क्षेत्रमा चर्चित छन् ।
सर्वेक्षकहरुले १० देश र प्यालेस्टाइनमा २५ हजार मानिसँग कुरा गरे । सबै समुदायको समान प्रतिनिधित्व होस् भनेर उत्तरदाताहरु छानिएका थिए । प्रश्नोत्तर दुई जनाबीच मात्र भएको थियो र सबै नामहरु गोप्य थियो ।