बलात्कारका अभियुक्तको गोली हानी हत्या गरिएपछि… « Nagarik Khabar

बलात्कारका अभियुक्तको गोली हानी हत्या गरिएपछि…



बीबीसी । भारत उत्तर प्रदेशको रामपुरमा ५ बर्षकी बालिका बलात्कार गर्ने कथित बलात्कारीको मुठभेडमा गोली लागेर मृत्यु भयो ।

रामपुरका पुलिस अधीक्षक अजयपाल शर्माले प्रहार गरेको गोली लागेर कथित बलात्कारी युवाको मृत्यु भएको थियो ।

यस घटनालाई लिएर एकतिर आम मानिसले उनको बहादुरीको प्रशंसा गरेका छन् । अर्को तर्फ भने यस घटनामाथि विभिन्न प्रश्नहरु उठाइएको छ । उनीहरुले पुलिसको कार्यप्रणालीको आलोचना गरेका छन् । राज्यको कानुनी व्यवस्थामाथि पनि उनीहरुले प्रश्न उठाएका छन् ।

करिब डेढ महिनाअघि ६ बर्षकी बालिकाको बलात्कारपछि हत्या गरेर शव फालिएको अवस्थामा भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: