होटल व्यवसायमा नायिका प्रिति « Nagarik Khabar

होटल व्यवसायमा नायिका प्रिति



पोखरा । गुरुङ चलचित्रका नायिका प्रिति तमुस्यो होटल व्यवसायमा सक्रिय भएकी छन् । गुरुङ सालीभेनाकी नायिका प्रिति कलाकारितासँगै होटल व्यवसायमा पनि सक्रिय भएकी हुन् ।

उनले घान्द्रुकमा प्रिति गेष्ट हाउस एण्ड रेष्टुरेन्टको सञ्चालन गरिरहेकी छन् । कलाकारितासँगै होटल व्यवसाय गर्दा राम्रो भएको उनको भनाइ छ ।

२०१६ को मिस तमुस्योकी प्रतिस्पर्धी प्रितिले त्यसबेला मस्ट पपुलर र भ्यूअर टाइटल जितेकी थिइन् । उनी मिस तमुस्योमा टप सिक्समा पर्न सफल भएकी हुन् ।

बाबा चन्द्रबहादुर गुरुङ र आमा कविता गुरुङकी छोरी प्रिति नाम जस्तै व्यवहार पनि मायालु छिन् । कास्कीको रमणीय घान्द्रुक छोम्रोङ्ग मा उनी जन्मिएकी हुन् ।

नयाँ, नयाँ ठाउँहरुको अध्ययन, अवलोकन गर्न मन पराउने प्रिति कलाकारिता क्षेत्रलाई निखार्दै अघि बढ्ने योजनामा छिन् । 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: