चितवनमा १ सय ३५ काँग्रेस कार्यकर्तालाई प्रचण्डको स्वागत « Nagarik Khabar

चितवनमा १ सय ३५ काँग्रेस कार्यकर्तालाई प्रचण्डको स्वागत



चितवन । नेपाली काँग्रेस चितवनका १३५ कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । नेपाल तरुण दलका क्षेत्रीय सदस्य दीपक थापा, सन्तोष गुरुङ, जोखबहादुर श्रेष्ठ, चोके गुरुङ लगायतका १३५ जना नेपाली काँग्रेसका कार्यकर्ता नेकपा प्रवेश गरेका नेकपाका प्रदेश अध्यक्ष नारायण दाहालले जानकारी दिए ।

काँग्रेस परित्याग गरेका कार्यकर्तालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका छन् । पार्टीमा प्रवेश गरेका कार्यकर्तालाइृ सम्बोधन गर्दै प्रचण्डले मुलुकको समृद्धिका लागि नेकपाको विकल्प नभएको बताए । पार्टी प्रवेश गरेका सबैलाई उचित जिम्मेवारी दिने भन्दै प्रचण्डले सबै युवालाई नेकपामा गोलबद्ध हुन आग्रह गरेका छन् ।

नेकपा प्रवेश गरेकाहरुले मुलुकको समृद्धिका लागि नेकपानै विकल्प भएकाले आफूहरुले काँग्रेस परित्याग गरेको बताएका छन् ।   

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: