काठमाडौं । प्रहरीले बन्द गराउँदै हिडेका नेत्रविक्रम चन्द ‘विप्लव समूहका ७ जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला सेक्रेटरीदेखि राप्ती ब्युरो सदस्यसम्म छन् ।
विप्लव समूहका लमजुङ जिल्ला सेक्रेटरी विनोद सोनाम कास्कीबाट पक्राउ परेका छन् । त्यस्तै काठमाडौंको सुकेधाराबाट विप्लव समूहका एकजना पक्राउ परेका छन् ।
बन्द गराउँदै हिडेका सोही समूहका ४ जना पश्चिम रुकुमबाट पक्राउ परेका छन् भने मकवानपुरबाट एकजना पक्राउ परेका छन् । पश्चिम रुकुमबाट पक्राउ पर्नेमा विप्लव समूहका राप्ती ब्युरो सदस्य गम्भीर शेर्पालीलगायत छन् ।