अनेरास्ववियु नेता बस्नेतको टिप्पणी : विप्लवले बन्द गर्नुको औचित्य छैन (भिडियो) « Nagarik Khabar

अनेरास्ववियु नेता बस्नेतको टिप्पणी : विप्लवले बन्द गर्नुको औचित्य छैन (भिडियो)



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भ्रातृसंगठन हो अनेरास्ववियु । विगतमा चरणवद्ध बन्द र हड्ताल गर्दै आएका अनेरास्ववियु आज आइपुग्दा भने बन्दले निकास नदिने निष्कर्षमा पुगेका छन् ।

विप्लवले आज (असार १० गते) गरेको बन्दको कुनै औचित्य नभएको भन्दै सत्तारुढ विद्यार्थीहरु बन्दले विद्यार्थीमा मात्र असर पारेको बताउँछन् । अनेरास्ववियु नेता सुरेन्द्र बस्नेतले विगतमा कारणसहितको बन्द हुने भन्दै अहिले विप्लवले गरेको बन्दको कुनै अर्थ नरहेको बताउँछन् ।

विगतमा राजनीतिक परिवर्तनका लागि बन्द, हड्ताल जस्ता आन्दोलनका कार्यक्रम हुन्थे । त्यसमा सबैभन्दा शैक्षिक हड्ताल गर्नेमध्येमा अनेरास्ववियु नै पर्छ । ‘विगतमा आवश्यकता थियो, अहिले औचित्य छैन’ विद्यार्थी नेता बस्नेतले भने, ‘राजनीतिक परिवर्तनपछि बनेको संविधानले प्रशस्त ठाउँ दिएको छ, बन्द र युद्धको आवश्यकता छैन ।’

काठमाडौंमा बन्दको खासै प्रभाव छैन । सामान्य दिनभन्दा केही कम चलेपनि सार्वजनिक यातायातका साधन पनि चलेकै छन् । तर, शैक्षिक क्षेत्र हड्ताल जस्तो विद्यालय र कलेज पूर्ण रुपमा बन्द छ । नेता बस्नेतले बन्दले विद्यार्थीमा मार पारेको बताए ।

पढ्न जान नपर्ने भयो भन्दै विद्यार्थी खुशी भए । विद्यालय व्यवस्थापनका लागि एक दिनको इन्धन, अन्य खर्च जोगिए । तर, अभिभावक चिन्तित छन् । ‘यसले राम्रो गर्दैन्, विप्लवले बन्दको विकल्प खोज्नैपर्छ’ बस्नेतले भने ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: