सेयर बजारमा सामान्य सुधार « Nagarik Khabar

सेयर बजारमा सामान्य सुधार



काठमाडौं । धितोपत्र बजारमा मंगलबार सेयरको कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.९६ बिन्दुले बढेर एक हजार २६१.०७ अंकमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४ बिन्दुले बढेर २७१.४४ मा पुगेको छ ।

सामान्य अंकले बढेको बजारमा मंगलबार कारोवार रकम भने सामान्य देखिएको छ । कूल १७४ कम्पनीको १३ लाख २४ हजार ५१९ कित्ता सेयर ३६ करोड ४७ लाख ७३ हजार ३३० मा खरीद–बिक्री भए ।

स्टकका अनुसार कारोबार भएका १२ उपसमूहमध्ये मंगलबार ६ उपसमूहको सेयर बढेको छ भने ६ उपसमूहको सेयर भने घटेको छ । बैंकिङ १.३९, जलविद्युत् १.०२, निर्जीवन बीमा ५.३१, उत्पादन १९.९५, लघुवित्त २.२३ र जीवन बीमा ०.३ अंकले बढेको छ । यस्तै व्यापार २.६२, होटल २१.२५, विकास बैंक ०.५२, वित्त ०.७ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले घटेको छ ।

स्टकका अनुसार मंगलबार कारोबारका आधारमा एनसिसी बैंक शीर्ष स्थानमा छ । सो बैंकको दुई करोड ५३ लाख ८४ हजार ७१६ बराबरको कारोबार भयो । त्यस्तै प्रभु बैंकको दुई करोड २८ लाख ८२ हजार ८४४, शिवम् सिमेन्ट एक करोड ९१ लाख ९२ हजार ३०९, नेपाल बैंक लिमिटेड एक करोड ७९ लाख ४० हजार २४२, सिद्धार्थ बैंक एक करोड ३६ लाख ९५ हजार ३११, र मुक्तिनाथ विकास बैंकको एक करोड ३६ लाख बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९.९२, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ७.५६, लक्ष्मी लघुवित्त वित्तीय संस्था ४.१५ र युनिलिभर नेपालका लगानीकर्ताले ४.०३ प्रतिशतले कमाए । यस्तै मल्टिपर्पोज फाइनान्स कम्पनी ९.६६, राधी विद्युत् कम्पनी ५.५९, गुराँस लघुवित्त वित्तीय संस्था ४.७६, अरुण काबेली पावर ४.२१ र मुक्तिनाथ विकास बैंकका सेयरधनीले ३.५ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: