प्रचण्डको दिमाग खल्बलाउने गरी विप्लवले के भने ? (भिडियोसहित) « Nagarik Khabar

प्रचण्डको दिमाग खल्बलाउने गरी विप्लवले के भने ? (भिडियोसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव छिट्टै शान्तिको बाटोमा आउने बताएका छन् । चितवनको भरतपुर महानगरपालिकाको साधारणसभालाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले आफूले पाएको संकेत अनुसार अब विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आउने दावी गरे ।

विगतमा आफूसंगै काम गरेका विप्लवका बारेमा जानकारी दिदै प्रचण्डले भने, ‘विप्लवलाई म असाध्यै नजिकबाट चिन्छु । दुई वर्ष मेरो कार्यालयको मुख्य सचिव भएर बस्नु भएको थियो । अहिलेका घटना क्रमले नयाँ सोचमा जान उहाँहरुलाई पनि प्रेरित गरेको छ । मैले बुझेको छु, उहाँले म प्रति मनमा घृणा राख्नु भएको छैन ।’

शान्ति प्रकृयाको शुरुवाती बेलामा आफ्नो दिमाग खल्बलाउनेगरी विप्लवले भनेको कुरा प्रचण्डले स्मरण गरे । उनले भने,’एउटा मिटिङको क्रममा मेरो दिमाग खल्बलिनेगरी उहाँले एउटा कुरा भन्नुभयो । उहाँले मलाई सोध्नुभयो, नुवाकोटको एउटा तामाङकी छोरीलाई काठमाडौंमा विवाह गर्छु भनेर बम्बै पुर्याए जस्तो फिल भयो ।’

सरकारबाट प्रतिबन्धमा परेको विप्लव नेतृत्वको नेकपा सम्बन्धी समस्याको समाधान शान्तिपूर्ण हुनुपर्नेमा जोड दिँदै प्रचण्डले अब आफूले काठमाडौंमै विवाह गर्न ल्याएको सबैले बुझ्न थालेको बताए । उनले भने,’यो समस्याको शान्तिपूर्ण समाधान हुन्छ र हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: