बुद्धचित्तको विषयमा जानकारी नै थिएनः योगेन्द्र घिसिङ (भिडियोसहित) « Nagarik Khabar

बुद्धचित्तको विषयमा जानकारी नै थिएनः योगेन्द्र घिसिङ (भिडियोसहित)



काठमाडौं । बौद्धनाथ स्तुपाको बगैंचामा फलेको बुद्धचित बौद्धनाथ क्षेत्र विकास समितिले संस्थागत रुपमा असार ५ गते टिपेको थियो । तर, बौद्ध तथा मेलम्ची घ्याङ गुठीले संस्थागत रुपमा जानकारी नदिएर समितिले बुद्धचित टिपेको भन्दै प्रहरीमा उजुरी दिए ।

यसपछि बौद्धमा स्थानीय र बौद्धनाथ क्षेत्र विकास एक पक्ष र अर्को पक्ष घ्याङ गुठीबीच विवाद शुरु भयो । आइतबार स्थानीयले गुठी घेराउँ गरे भने सोमबार क्षेत्र विकास समितिको रोहवरमा ताला नै लगाए । यति मात्रै होइन, चिनियाँ लामाको टोलीले फेरी स्थानीयको उपस्थिति विनानै ताला खोले । यसपछि झन विवाद चर्किदै गएको थियो ।

स्थानीयका अनुसार गुठीका प्रमुख सल्लाकार योगन्द्र घिसिङले बुद्धचित्त ४ लाखमा बिक्रि गर्न खोजेको दावी गरे । घिसिङले सो बुद्धचित बिक्रि गर्न नपाएपछि बौद्धनाथ क्षेत्र विकास समितिका बोर्ड सदस्य मनोज लामालाई बुद्धचित चोरीको आरोपमा प्रहरीलाई निवदेन दिएको स्थानीयको भनाई छ । यस विषयमा गुठीका प्रमुख सल्लाकार तथा पुर्व सांसद समेत रहेका घिसिङले नागरिक खबरलाई यस्तो प्रतिक्रिया दिएका छन्ः

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: