मोरङ । पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि ७२ करोड ५२ लाख ६४ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
पाँचौँ नगरसभामा नगरपालिकाका उपप्रमुख यमुना विष्ट बाँस्तोलाले उक्त नीति कार्यक्रमसहित बजेट प्रस्तुत गरेकी हुन् ।
नगर प्रवक्ता यामप्रसाद गुरागाईंका अनुसार बुधबार पत्रकार सम्मेलनमार्फत नीति, कार्यक्रम तथा बजेटका बारेमा जानकारी गराइनेछ । दश वडा रहेको नगरमा आगामी आवका लागि रु एक करोडका दरले वडाको बजेट सिलिङ तय भएको छ ।