जम्बुलिङ इन्टरनेशनल अवार्ड थाइल्याण्डमा हुने « Nagarik Khabar

जम्बुलिङ इन्टरनेशनल अवार्ड थाइल्याण्डमा हुने



काठमाडौं । जम्बुलिङ इन्टरनेशनल अवार्ड थाइल्याण्डमा हुने भएको छ । जम्बुलिङ फिल्मस प्रालिले राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । 

‘स्रष्टालाई सम्मान, नयाँलाई प्रोत्साहन, हाम्रो अभियान’ नाराका उक्त अवार्ड सेरोमोनि थाइल्याण्डको बैंककमा हुन लागेको हो ।
जम्बुलिङ फिल्मस प्रालिका अध्यक्ष राजकिङ वाइबाले अवार्डका लागि नोमिनेशन फारम खुल्ला गरिएको बताए । उनका अनुसार नोमिनेशनका लागि जेठ अन्तिमसम्म सार्वजनिक भएका म्युजिक भिडियो, गीत, चलचित्रले प्रतिस्पर्धा गर्न पाउँने छन् ।

अवार्डमा विधागत रुपमा बेष्ट नेशनल सङ, लोकपप, दोहोरी, मोडर्न, मोर्डन तामाङ मुभि, नेपाली मुभि, म्हेन्दोमाया र तामाङ सेलो लगायत रहेका छन् ।

विभिन्न विधामा विधागत योगदानलाई आधारमानी बेष्ट सिंगर, एक्टर, कोरियोग्राफर, लिरिक्स, एरेञ्ज लगाएतको उपाधि वितरण गरिने आयोजकले जनाएको छ । नोमिनेशका लागि असार १५ सम्मको समय तोकिएको छ ।

पहिलो चरणको हरेक विधाबाट निर्णायक मण्डलले उत्कृष्ट विद्या चयन गर्नेछ । उत्कृष्ट ५ लाई जुरीले ४०, प्रत्यक्षबाट ४० र सामाजिक सञ्जालबाट २० प्रतिशत अंक दिने बताइएको छ । यस्तै जुरी, पब्लिक च्वाइस, इन्करेजमेन्ट, सर्वाधिक प्रसिद्ध, कृटिक अवार्ड पनि पाउनेछन् । साथै, एक जनालाई ११ हजार १ सय ११ सहित लाइफ टाइम एचिभमेन्ट अवार्ड समेत दिने आयोजकको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: