खडक, तिलक र लकेश पहिलो पटक राष्ट्रिय टोलीमा « Nagarik Khabar

खडक, तिलक र लकेश पहिलो पटक राष्ट्रिय टोलीमा



काठमाडौं । खडकबहादुर बोहोरा, तीलकराज भण्डारी र लोकेशबहादुर बमले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । एसियाली क्रिकेट काउन्सिल (एसीसी) यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताका लागि अन्तिम १४ जना खेलाडीको घोषण हुँदा यी तीन खेलाडीले पनि पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।

उनीहरूबाहेक यु–१६ राष्ट्रिय टोलीका कप्तान विशालविक्रम केसीले पनि यु–१९ राष्ट्रिय टोलीमा स्थान पाएका छन् । रोहितकुमार पौडेलको कप्तानीमा घोषित १४ सदस्यीय टोलीका अन्य सदस्यहरूमा पवन सर्राफ, कमलसिंह ऐरी, रीत गौतम, हरिबहादुर चौहान, प्रतिस जिसी, रासिद खान, भिम सार्की, सागर ढकाल र कुशल मल्ल पनि टोलीमा परेका छन् ।

प्रतियोगिता यही जुलाई दुईदेखि नौं तारिखसम्म मलेसियाको क्वालालम्पुरमा हुँदैछ । नेपाल प्रतियोगिताको समूह एमा परेको छ । नेपालको समूहमा सिंगापुर, म्यानमार र चिन रहेका छन् । समूह बीमा मलेसिया, भुटान, हङ्कङ र थाइल्यान्ड रहेका छन् । नेपाली टोली प्रतियोगितामा सहभागी हुन यही आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: