बजेट प्रस्तुत गर्दै गर्दा उपप्रमुख बेहोस « Nagarik Khabar

बजेट प्रस्तुत गर्दै गर्दा उपप्रमुख बेहोस



इलाम । बजेट भाषण गर्दागर्दै इलामको सूर्योदय नगरपालिकाका उपप्रमुख बेहोस भएकी छन् । बजेट प्रस्तुत गर्ने क्रममा उपप्रमुख दुर्गा भट्टराई बेहोस भएपछि उनलाई अस्पताल ल्याइएको छ ।

नगरपालिकाले मंगलबार आयोजना गरेको नगरसभामा पेस गरिएको बजेट प्रस्तुत गर्दागर्दै बेहोस भएपछि उनलाई फिक्कल हस्पिटलमा ल्याइएको हो ।

भट्टराईको रक्तचाप उच्च भएपछि अस्पतालमा राखिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: