घरमा प्रसूति शून्य गराउँदै वाणगङ्गा नगरपालिका « Nagarik Khabar

घरमा प्रसूति शून्य गराउँदै वाणगङ्गा नगरपालिका



कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको पाँचौं नगरसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । समृद्ध वाणगङ्गाको मूल आधार कृषि ,पर्यटन, वातावरण पूर्वाधार रोजगारलाई उच्च प्राथमिकता राख्दै मंगलबार वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।

नगरसभामा आ.व. २०७६÷७७ को नीति कार्यक्रम प्रस्तुत गर्दै नगरउपप्रमुख चक्रपाणि अर्यालले नगरपालिकाको वृहत्तर पूर्वाधार तथा आर्थिक विकासका लागि निर्माणको अन्तिम चरणमा रहेको एकीकृत शहरी विकास गुरु योजना पूर्ण रुपमा कार्यान्वयनमा ल्याइने उल्लेख गरे ।

त्यस्तै नगरले भान्सामा औषधालय भन्ने नारालाई अवलम्बन गरी स्वस्थ्य परिवार निर्माणदेखि मह, फलफूल, दूग्ध तथा मासुजन्य उत्पादनमा कृषकलाई प्रोत्साहन, सुस्त श्रवण तथा बहिराहरुका लागि विद्यालय स्थापन, कपिलवस्तु र बौद्ध शिक्षा विषयको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण साथै जिरो होम डेलिभरी (घरमा प्रसूति शून्य) बनाउनेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै नगरभित्र उत्पादन हुने फोहरमैला व्यवस्थापनका लागि उपयुक्त ठाँउहको पहिचान गरी ल्याण्डफिल्ड साइड निर्माणको थालनी गरिने, नगरक्षेत्रभित्र आधुनिक बसपार्क निर्माण, मुख्य बजार क्षेत्रमा सडक बत्ती तथा सिसि क्यामेरा जडान, विद्युत् चुहावट मुक्त अभियानलाई निरन्तरता दिने भएको छ । नगरकोे सम्पूर्ण भूगोललाई यातायात सञ्जालमा जोड्ने कार्यलाई तीव्रता दिँदै वृहत्तर हरियाली वाणगङ्गा चक्र निर्माण प्रक्रियालाई अगाडि बढाउने लगायतका १८ वटा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: