बन्द सफल भएको विप्लव समूहको दावी « Nagarik Khabar

बन्द सफल भएको विप्लव समूहको दावी



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार आह्वान गरिएको बन्द सफल भएको बताएको छ ।
 
आफ्ना सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या भएको भन्दै उक्त समूहले मंगलबार बन्दको आह्वान गरेको थियो । विप्लव समूह तथा पौडेलका परिवारले उनको हत्या गरिएको बताएका छन् । उता प्रहरीले भने दोहोरो भिडन्तमा पौडेलको मृत्यु भएको जनाएको छ ।
 
‘सरकारले गरेको व्यक्ति हत्याको विरोधमा प्रतिरोध गर्नु क्रान्तिको अनिवार्य सर्त भएका कारण नेपाल बन्द आयोजना गरिएको थियो,’ बन्द सफल भएको दावीसहित महासचिव विप्लवद्वारा मंगलबार साँझ जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीले आयोजना गरेको नेपाल बन्दलाई सबै पक्षबाट सहयोग भएका कारण आजका लागि आह्वान गरिएको नेपाल बन्द सफल भएको छ ।’
 
 
 
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: