काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली अलमलमा परेका छन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।
सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्ने जनगुनासोमा करिब सहमत देखिएका प्रधानमन्त्री ओली कार्यसम्पादन कसरी प्रभावकारी बनाउने भन्नेमा जुटेको बालुवाटार स्रोतले बतायो ।
केही समय यता प्रधानमन्त्री ओली सरकार पुनर्गठनको तयारीमा छन् । तर उनी पुनर्गठन के आधारमा कसरी गर्ने भन्नेमा टुंगोमा पुगिसकेका छैनन् ।
उनकै सचिवालयका एक सदस्यका अनुसार यसका लागि प्रधानमन्त्री ओली आफूनिकट नेताहरुसँग आन्तरिक परामर्शमा छन् ।
प्रधानमन्त्रीले निम्म तीन विकल्पमा छलफल थालेका छन् ।
-प्रभावकारी कार्यसम्पादन गर्न नसक्ने मन्त्रीलाई बिदा ।
-सबै मन्त्रीलाई हटाएर नयाँ टिम ल्याउने ।
-पर्यटन मन्त्रालयमा मात्र पदपूर्ति गर्ने ।