देवता रिसाउने डरले महिनावारी हुँदा स्कुल जाँदैनन् शिक्षिका « Nagarik Khabar

देवता रिसाउने डरले महिनावारी हुँदा स्कुल जाँदैनन् शिक्षिका



मार्तडी । बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका–८ रतुडा जनप्रकाश आधारभूत विद्यालयका शिक्षिका महिनावारी भएका वेला विद्यालय नजाने गरेको खुलेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

विद्यालयनजिकै रतुडीमाडु देवताको मन्दिर रहेकाले महिनावारी हुँदा देवता लाग्ने डरले शिक्षिकाहरू विद्यालय नआउने गरेको स्थानीय जयबहादुर अयडीले जानकारी दिए ।

‘बुढापाकामा यस्तो अन्धविश्वास अझै कायम छ, युवा पुस्ताले विरोध गर्दै आएका छन् । तर, पनि शिक्षिकाहरू मान्न तयार छैनन्,’ उनले भने ।

बडीमालिका नगरपालिका–८ रतुडा विद्यालय ०५१ सालमा स्थापना भएको हो । स्थापनाकालदेखि अहिलेसम्म यो प्रथा कायमै छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: