एसइईको नतिजा सार्वजनिक हुँदै « Nagarik Khabar

एसइईको नतिजा सार्वजनिक हुँदै



काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

एसइईको नतिजा बुधबार या बिहीबार सार्वजनिक गर्ने तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डअन्तर्गत रहेको परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी सकिएको र पुनः परीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको छ ।

‘बुधबार राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेर बुधबारै या बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी तयारी भएको छ,’ परीक्षानियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: