शम्भु राई भन्छन्, ‘सपुतले सांस्कृतिक बलात्कार गरे, अब यसो गरौं’ « Nagarik Khabar

शम्भु राई भन्छन्, ‘सपुतले सांस्कृतिक बलात्कार गरे, अब यसो गरौं’



काठमाडौं । वरिष्ठ गायक शम्भु राईले प्रकाश सपुतले सांस्कृतिक बलात्कार गरेको आरोप लगाएका छन्। आफ्नो गीतको लय तानेर सपुतले सांस्कृतिक बलात्कार गरेको राईको आरोप छ।

एक टेलिभिजन कार्यक्रममा सपुतमाथि राईले यस्तो आरोप लगाएका हुन्। क्रिएसन शम्भु राई र रिक्रिएसनमा प्रकाश सपुतको नाम राख्न राईले प्रस्ताव गरेका छन्।

‘मलाई तपाईंसँगको पैसाको कुरा होइन। दुई लाइन लय मिल्दैमा चिन्ता पनि होइन’, राईले भनेका छन्, ‘मात्र मेरो कुरा भनेको सिस्टमको हो।’

सपुतले आफूले गलबन्दी बनाउनु अघि राईको गीत नै नसुनेको बताउँदै आएका छन् भने राईले चोरी गरेको दाबी गर्दै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: